'बेस्सरी पानी पिलाएको आधा घन्टामा मलद्वारबाट सुन निकाले'

एयरपोर्टबाट ३ किलो ३०० ग्राम सुन बरामद

एयरपोर्टबाट ३ किलो ३०० ग्राम सुन बरामद
+
-

काठमाडौं चाइना इस्टर्नको विमानबाट दुईजना चिनियाँ नागरिक माओ यिङहुआ र ज्याङ जियाङ काठमाडौं एयरपोर्टमा अपरान्ह ४ बजे उत्रे।

जब उनीहरु भन्सारको ‘वाक थ्रु’ मा हिँडे त्यो बेला भन्सार तथा प्रहरीले उनीहरुको शरीरमा केही रहेको कुरा थाहा पाए।

भन्सारको एक्स-रे मेसिनमा उनीहरुको पेटमा केही धातु रहेको पत्ता लाग्यो। त्यसपछि उनीहरुको अस्पताल लगेर एक्स- रे गराउँदा सुनको ढिक्का रहेको पत्ता लागेको काठमाडौं एयरपोर्टका भन्सार प्रमुख गजेन्द्र ठाकुरले बताए।

ती दुई चिनियाँ नागरिकलाई भन्सारमा ल्याएर बेस्कन पानी पिउन लगाइएको काठमाडौं विमानस्थलका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।

उनले भने, ‘उनीहरुलाई पानी पिलाएको आधा घन्टामा मलद्वारबाट भटाभट सुनका ढिक्का निस्किए।’

अहिले ती चिनियाँ नागरिकलाई प्रहरी प्रभाग कोटेश्वरको हिरासतमा राखिएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए।

उनीहरुको कुरा सुन्नका लागि भाषा अनुवादक चाहिने भएकाले भोलि मात्र बयानको काम थालिने उनले बताए। उनीहरु सुन कारोबारी हुन् वा भरिया मात्र भन्ने कुराको टुंगो बयानपछि लाग्ने प्रहरी उपरीक्षक कोइरालाले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?