पूर्वी तराईमा आजदेखि तीन दिने सिरुवा पर्व सुरु

पूर्वी तराईमा आजदेखि तीन दिने सिरुवा पर्व सुरु
+
-

विर्तामोड – पूर्वी नेपालमा बसोबास गर्न आदिवासी समुदायले नयाँ वर्षको अवसरमा मनाउने तीन दिने सिरुवा पर्व आजदेखि मनाउन सुरु गरेका छन्।

राजवंशी, धिमाल, ताजपुरिया लगायतका आदिवासी समूदायले वैशाख १, २ र ३ गते पानी, हिलो र रंग छ्यापछ्याप गरेर सिरुवा मनाउने गर्छन्।

झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने आदिवासी बहुल क्षेत्रहरु सिरुवामय बन्ने गरेका छन्। पर्वका अवसरमा कुरबिसरी, ठाकुरब्रह्माणी, घाटोसरीसहित कूल देवीदेवताको पूजा गर्ने प्रचलन छ।

सिरुवा पर्वको सुरु दिन पानी सिरुवा मनाउन आदिवासी बहुल स्थानमा आदिवासी समुदायका मानिसहरु भेला हुन थालेका छन्।

भोलि अर्थात सिरुवाको दोस्रो दिन कादो (हिलो) सिरुवा मनाउने चलन छ। उक्त दिन उनीहरुले शरीरमा हिलो एक आपसमा दलेर कादो सिरुवा मनाउने गर्छन्।

तेस्रो दिन रंग सिरुवा मनाउने चलन छ। उक्त दिन आदिवासी समुदायका मानिसहरु विभिन्न रंगले रंगिने गर्छन्।

सिरुवा मनाउँदा आदिवासी समुदायमा प्रचलित खानेकुरा ‘गाजीमुरी’ खाने चलन छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?