कांग्रेसले प्रदेशका लागि तोक्यो केन्द्रीय प्रतिनिधि

कांग्रेसले प्रदेशका लागि तोक्यो केन्द्रीय प्रतिनिधि
+
-

काठमाडौं – नेपाली कांग्रेसले प्रदेश संसदीय दलको नेता चुन्न र कार्यसमिति गठन गर्नका लागि सातवटै प्रदेशमा एकएक जना केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ।

ती प्रतिनिधिले प्रदेशको राजनीतिक समिकरण र आफ्नो शक्ति अनुसार प्रदेशमा सभामुख र उपसभामुखको छनौट र निर्वाचन पर्यवेक्षणको काम समेत गर्ने छन्।

वाम गठबन्धनले प्रदेश दुई बाहेक सबै प्रदेशहरुमा प्रतिपक्षलाई कुनै स्थान नदिने गरी सभामुख र उपसभामुखको पद दुई पार्टीबीच गरिसकेका छन्।

बिहीबार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले प्रदेश एकमा मिनेन्द्र रिजाल, प्रदेश दुईमा विमलेन्द्र निधि, प्रदेश तीनमा डिना उपाध्यय, प्रदेश चारमा गोविन्द भट्टराई, प्रदेश पाँचमा बालकृष्ण खाँड, प्रदेश छमा हृदयराम थानी र प्रदेश सातमा एनपी साउदलाई केन्द्रीय प्रतिनिधिका रुपमा पठाउने निर्णय गरेको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकले संघीय ढाँचालाई समावेश गर्ने गरी विधान मस्यौदा तयार गर्न समिति समेत गठन गरिएको छ।

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष