पहिलो प्रदेशसभा बैठकको तयारी पूरा

पहिलो प्रदेशसभा बैठकको तयारी पूरा
+
-

सुर्खेत–प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभाको बैठकको तयारी पूरा भएको छ। भोलि (आइतबार) बस्ने तोकिएको बैठकका लागि कार्यविधि र सभा स्थलको व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको हो। दिउँसो एक बजेदेखि प्रदेशसभाको बैठक बस्नेछ।

प्रदेशसभा सदस्यहरुमध्ये जेष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकले तीन वटा विषयको सूची तयार गरेको छ। प्रदेशसभाको पहिलो बैठकमा सभामुख चयनका लागि मिति तय हुनेछ। यस्तै बैठक सञ्चालनका लागि आवश्यक कार्यविधीबारे पनि पहिलो बैठकमा छलफल हुने सचिवालयले जानकारी दिएको छ।

‘आइतवार दिउँसो १ बजे पहिलो बैठक बसाल्ने तयारी पुरा भएको छ,’ प्रदेशसभा सचिवालयका सचिव हरिकृष्ण खड्काले भने, ‘पहिलो बैठकले सभा सञ्चालनको कार्यविधिमाथि छलफल गर्नेछ, सभामुख चयनका लागि पनि मिति तय गर्नेछ। हामीले सभामुख चयनको मिति पनि प्रस्ताव गरेका छौं, माघ २९ गते सभामुख चयनका लागि निर्वाचन हुनेछ।’

प्रदेश सभाको पहिलो बैठकको अध्यक्षता सभाका जेष्ठ सदस्य हिमबहादुर शाहीले गर्नेछन्। बैठक स्थलमा सचिवाल व्यवस्थापन, बैठक कक्षको सजावट र सिँगारको काम सकिएको उनले बताए। क्षेत्रीय सिँचाइ विकास डिभिजनको हलमा बैठक बस्ने भएको छ। बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गरेका चार दलका एक/एक जना सदस्यले मात्र बोल्नेछन्।

गत मंसिरमा सम्पन्न भएको प्रदेशसभाको निर्वाचनबाट नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपाबाट ४० जना प्रदेश सभा सदस्यहरु निर्वाचित भएका छन् । सबैभन्दा बढी नेकपा एमालेका सांसदहरु छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?