
सुर्खेत–कर्णाली प्रदेश सभाको आगामी बजेट अधिवेशन जेठ १० गते बोलाइएको छ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले अधिवेशन आह्वान गरेका हुन्।
कर्णाली प्रदेश सरकारको मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी जेठ १० गतेदेखि अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसँग आग्रह गरेको थियो।
प्रदेश प्रमुखको कार्यालय स्रोतका अनुसार बिहीबार प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने पत्र संसद सचिवालयमा पठाएका छन्।
जस अनुसार आगामी जेठ १० गते शुक्रबारबाट बजेट अधिवेशन शुरु हुने भएको छ।
प्रदेश सभाको यो अधिवेशनमा आगामी आर्थिक वर्षको नीती तथा कार्यक्रम, बजेटमाथि छलफल हुनेछ।