
विर्तामोड – लामो समयको अवरोधपछि सोमबार बेलुका नेपालबाट २६ ट्रक अदुवा भारत पठाइएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जानकारी दिएको छ ।
कार्यालयका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालका अनुसार निकै लामो प्रयासपछि अदुवाका ट्रक भारत पठाइएको हो ।
भारतले भारतीय व्यापारीहरुकै लागि तोकेको मापदण्डका कारण पनि अहिले अदुवा भारत जान सकिरहेको थिएन ।
तर लामो समयदेखि राखिएका कारण बिग्रिने भएकाले ति अदुवाका ट्रक भारत लैजान दिइएको अदुवा व्यवसायीले बताएका छन् ।
भारतीय व्यापारीले पहिला नै आयात गरिने मात्रा निर्धारण गरेर त्यस्मा लाग्ने कर पहिला नै तिर्नुपर्ने भएकाले नेपाली अदुवा गोदाम तथा किसानका घरमा थन्क्याउनु परेको थियो ।
तर अदुवा निर्यातमा देखिएको समस्याको स्थायी समाधान भने भइनसकेको अदुवा व्यवसायीले बताएका छन् ।
सम्बन्धित समाचारहरु