आचार्यकाे हत्या गरेकाे आशंकामा एकै परिवारका तीनजना पक्राउ

आचार्यकाे हत्या गरेकाे आशंकामा एकै परिवारका तीनजना पक्राउ
+
-

सुर्खेत– गत फागुन १८ गते राति १० बजे वीरेन्द्रनगर ६ बुद्धपथमा मृत अवस्थामा भेटिएका चन्द्रप्रसाद आचार्यको हत्यामा संलग्न रहेको आशंकामा एकै परिवारका तीन सदस्य पक्राउ परेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो।

वीरेन्द्रनगर–६ बुद्धपथमा होटेल सञ्चालन गर्दै आएका नन्दकला बिष्ट, उनका श्रीमान कृष्ण बिष्ट र छोरी बिन्दु बिष्टलाई प्रहरीले पक्राउ गरेको हो।

आचार्यले वीरेन्द्रनगर–६ मा चियानास्ता पसल गर्दै आएका थिए। वीरेन्द्रनगर–१ बांगेसिमलबाट नागरिकता लिन घर गएका उनी एक्कासी राति १० बजेर बुद्धपथमा मृत अवस्थामा भेटिएका थिए।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा विष्ट परिवारले हत्या गरेको आंशकामा पक्राउ गरेको हो। प्रहरीले बुद्धपथ र होटल अतिथिको भुइँतलामा जोडिएको सिसिटिभि फुटेजको आधारमा अनुसन्धान सुरु गरेको थियो।

‘आचार्य सोही दिन नन्दकला विष्टले संचालन गरेको पसल वरपर धेरै पटक आवात–जावत गरेको, टहरोको आँखी झ्याल जस्तो भागबाट पटक–पटक चियाएर भित्र–बाहिर गरेको देखिएको छ। ९ बजेर ३७ मिनेटमा अन्तिम पटक पसलमा प्रवेश गरेको सिसिटिभिमा स्पष्ट देखिन्छ’, कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजि महेशविक्रम शाहले भने,‘पसल भित्र गएको ९ मिनेटपछि पसलको पश्चिमतर्फ करिब १२ मिटरको दुरीमा आचार्य पल्टिएको अवस्थामा देखिएका छन्।’

उनले प्रारम्भिक अनुसन्धानबाट हत्यामा विष्ट परिवारकै आशंका देखिएकाले विस्तृत अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?