धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

धारिलो हतियार प्रहार गरी एक युवकको हत्या
+
-

दैलेख– घरमा सुतिरहेका एक युवकलाई अज्ञात व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।

दैलेखको भैरवी गाउँपालिका–६ कुटीका २५ वर्षिय गोविन्दबहादुर सिंहको धारिलो हतियार प्रहारबाट मृत्यु भएको हो।

कुटीस्थित घरमा सुतिरहेका सिंहमाथि तीन जनाको समूहमा आएका अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए। घाइते भएको बुबाआमाले थाहा पाएपछि सिंहलाई उपचारका लागि जिल्ला अस्पताल दैलेखमा ल्याइएको थियो।

शनिबार राति १२ बजे घाइते भएका सिंहको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेम क्षेत्रीले जानकारी दिए।

उनका अनुसार कुटीस्थित घरको दोस्रो तलामा सुतिरहेका सिंहमाथि धारिलो हतियार प्रहार भएको हाे। ‘घरमा बुबाआमा, भान्जा र गोविन्द मात्रै रहेछन्, श्रीमती माइत जानुभएको रहेछ’, घटनापछि भैरवी–६ कुटी पुगेका उनले भने,‘गर्मी भएकाले ढोका खुल्ला गरेर सुतेका गोविन्दमाथि अपरिचित व्यक्तिले आक्रमण गरेको देखिएको छ।’

गोविन्द करिब ११ दिन अघिमात्रै काठमाडौँबाट दैलेख गएका थिए। प्रहरी स्रोतका अनुसार गोविन्दका बुबाआमाले तीन जना भागेको देखेपनि चिन्न नसकेको बयान दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?