प्रदेश ६ मा एक सय ९८ मत खस्यो

प्रदेश ६ मा एक सय ९८ मत खस्यो
+
-

सुर्खेत-राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनमा प्रदेश ६ मा मतदान सकिएको छ।

विहान १० बजेदेखि वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदान सुरु भएको थियो। बुधबार भएको मतदानमा यस प्रदेशबाट जम्मा एक सय ९८ मत खसेको छ।

प्रदेश ६ का निर्वाचन अधिकृत मेदेनीप्रसाद पौडेलले सतप्रतिशत मत खसेको बताए ।

यस प्रदेशमा स्थानीय तहको १ सय ५८ र प्रदेशसभा ४० गरी १ सय ९८ मतदाता रहेको थियो । अधिकृत पौडेलका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरु मतदाता थिए ।

निर्वाचन अवधिभर कुनैपनि अप्रिय घटना नभएको उनले बताए । ‘शान्त र सूव्यवस्थित वातावरणमा निर्वाचन सकियो । उनले भने, ‘आजै तीन बजेदेखि मत गणना सुरु हुन्छ।’ भोलि विहानसम्म मत परिणाम सार्वजनिक गर्ने गरी तयारी थालिएको छ।

यस प्रदेशबाट नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसबाट मात्रै उम्मेदवारी परेको थियो । जसमा एमालेवाट पाँच, माओवादीबाट तीन र कांग्रेसबाट चार जनाले उम्मदवारी दिएका थिए । आठ पदका लागि भएको निर्वाचनमा जम्मा १२ जना चुनावी मैदानमा छन्।

एकल संक्रमणीय प्रर्णाली अनुसार भएको निर्वाचनमा चार जनाले पराजीत हुने छन्। एमाले र माओवादीको बहुमत भएको यस प्रदेशमा वाम गठनबन्धनसहित चुनावी अभियानमा होमिएका नेताहरु भने आफ्नो विजयी सुनिश्चित जस्तै भएको बताउँदै आएका छन्।

७९ वटा स्थानीय तह रहेको यो प्रदेशमा स्थानीय तहको २ हजार ८ सय ४४ र प्रदेशसभाको १ हजार ९ सय २० गरी जम्मा ४ हजार ७ सय ६४ मतभार छ।

यो पनि पढ्नुहोस

प्रदेश चारमा २ सय २९ मत खस्यो, ४ बजेपछि मतगणना

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?