
प्रदेश नम्बर चारमा भएको राष्ट्रिय सभा निर्वाचनको मतगणना सुरु भएको छ। पोखरास्थित क्षेत्रीय निर्वाचन कार्यालय परिसरमा मतगणना सुरु भएको क्षेत्रीय निर्वाचन कार्यालका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए।
उनका अुसार ७ जना निर्वाचित हुँदैछन्। कार्यालय परिसरमा निर्वाचनका कर्मचारी मतगणना गरिरहेका छन्।
यसअघि प्रदेश ४ मा ८५ स्थानिय तहका १ सय ७० जना प्रमुख उपप्रमुख र ६० जना प्रदेश सभा सदस्य गरी २३० जना मतदाता मध्ये प्रदेशसभा सदस्य भनिने राजिव गुरुङ बाहेक अरु सबैले मतदान गरेका थिए।