चियामा चिन्ता, उद्योगीहरु काठमाडौँमा

चियामा चिन्ता, उद्योगीहरु काठमाडौँमा
+
-

विर्तामोड – नेपालको चिया क्षेत्रलाई आगामी आर्थिक बर्षको बजेटले नसमेटेकोमा चिन्ता व्यक्त गर्दै गम्भीर परामर्शका लागि भन्दै चिया उद्योगीहरु संघीय राजधानी काठमाडौँ पुगेका छन्।

खासगरी चिया बगान तथा मजदुरलाई सरकारले तोकेको ज्याला उपलब्ध गराउने विषयमा सरकारका तर्फबाट चिया उद्योगीका समस्या बजेटमार्फत सम्बोधन गर्ने भनिए पनि त्यसो नभएकाले गम्भीर परामर्शका लागि आफूहरु काठमाडौँ पुगेको चिया उद्योगी आदित्य पराजुलीले बताए।

उनले भने, ‘चिया क्षेत्रका लागि भनेर बजेटमा केही पनि आएन जुन आश्वासन हामीलाई मजदुरको ज्याला उपलब्ध गराउने बेलाको सरकारसंगको परामर्शमा दिइएको थियो। हामी आजदेखि सरकारसँग गम्भीर परामर्श थाल्दैछौँ।’

चिया उद्योगी पराजुलीका अनुसार उनीहरुले अर्थमन्त्री युवराज खतिवडा, श्रममन्त्री गोकर्ण विष्ट तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्दैछन्।

केही समय अघि सरकारले तोकेको ज्याला नपाएको भन्दै मजदुरले ४४ दिनसम्म काम बन्द गरेका थिए। त्यो बेला पनि चिया उद्योगीले सरकारी अधिकारीहरुसँग बारम्बार बैठक गरेका थिए।

सरकारी दबाबका कारण सरकारले तोकेको ज्याला उपलब्ध गराउन चिया उद्योगी सहमत भएका थिए। तर बजेटमा उनीहरुका कुरा नसमेटिएको भन्दै उनीहरु चिन्तित बनेका हुन्।

पराजुलीले भने, ‘यस विषयमा सरकार गम्भीर देखिएन। यस्तै हो भने नेपालमा चियाको भविष्य राम्रो छैन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?