सिक्किम विधान सभामा आवाज आयो ‘ओइ चाम्लिङ चोर!’

सिक्किम विधान सभामा आवाज आयो ‘ओइ चाम्लिङ चोर!’
+
-

विर्तामोड- भारतको नेपालीभाषीको बाहुल्यता रहेको सिक्किम राज्यको विधान सभा सदनमा सोमबार एक्कासी आवाज निस्कियो- ओइ चाम्लिङ चोर!

विधान सभा सदनमा विपक्षी दलका नेता पूर्व मुख्यमन्त्री पवनकुमार चाम्लिङले वर्तमान मुख्यमन्त्री पिएस गोलेलाई सरकार सञ्चालन गर्न एक मिनेट पनि अधिकार नभएको बताएका थिए।

चाम्लिङले भनेका थिए, ‘विधायक नभएको मान्छेलाई सदनमा बस्ने अधिकार पनि छैन र मुख्यमन्त्रीको कुर्सीमा बस्ने नैतिक हैसियत पनि छैन।’

चाम्लिङले सदन बहिस्कार गरेको घोषणा गरे लगत्तै उनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टका विधायकहरु सदनबाट बाहिरिएका थिए।

चाम्लिङ लगायत अन्य विधायक सदनबाट बाहिरिँदै गर्दा एक्कासी सदनको लबीबाट आवाज आयो ‘ओइ चाम्लिङ चोर!’

आफूमाथि अपशब्द प्रयोग भएको भन्दै चाम्लिङले पत्रकार सम्मेलनको आयोजना गरि आपत्ति जनाएका छन्।

सोमबार नै राजधानी गान्तोकमा पत्रकार सम्मेलन गरेर उनले भने, ‘संवैधानिक कुरा उठाउँदा हामीमाथि जुन अपशब्द प्रयोग गरियो, यो आपत्तिजनक छ।’

सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भएपछि गोले सरकारको तीव्र आलोचना हुन थालेको छ।

सदनको लबीमा जो कोही बसे पनि त्यहाँ कसैलाई बोल्ने अधिकार हुँदैन। तर एक्कासी विपक्षी दलका नेताको मान मर्दन हुने किसिमको आवाज आएपछि उनको सरकारको आलोचना हुन थालेको हो।

एसडिएफ पार्टीले गोले सत्तारुढ पार्टीका सदनका नेता हुन्जेल विधान सभा सदन बहिस्कार गर्ने निर्णय गरेको छ।

चाम्लिङले पत्रकार सम्मेलनमा भने, ‘भ्रष्टार चार मुद्दामा दोषी ठहरिएका तथा विधायक पनि नभएका व्यक्ति सदनमा हुन्जेल हामी सदन छिर्दैनौं।’

मुख्यमन्त्री पिएस गोलेले आफू भारतको संविधानको प्रावधान अनुरुप नै मुख्यमन्त्री पदमा रहेको बताए। सदनबाट बाहिरिँदै गोलेले भने, ‘उहाँलाई संविधानको प्रावधानको ज्ञान नभएको हुनुपर्छ।’

चाम्लिङले २५ बर्ष सिक्किममा राज गरेका थिए। भर्खरैको विधान सभा चुनावमा गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले बहुमत ल्याएर सरकार बनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?