
विर्तामोड – आर्थिक वर्ष २०७६-७७ को बजेटमा झापाका लागि ५ अर्ब १५ करोड ५९ लाख रुपैयाँ विनियोजन भएको छ।
सरकारले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटबाट झापाका ८ नगरपालिका र ७ गाउँपालिकाका लागि उक्त रकम विनियोजन भएको हो।
बजेटमा सबैभन्दा बढी झापाको मेचीनगर नगरपालिकाका लागि ५७ करोड ४२ लाख विनियोजन गरिएको छ।
दमक नगरपालिकाका लागि ४९ करोड ६८ लाख रुपैयाँ, विर्तामोड नगरपालिकाका लागि ४५ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
गौरादह नगरपालिकाका लागि ३६ करोड ५८ लाख, शिवसताक्षी नगरपालिकाका लागि ४० करोड ३५ लाख, भद्रपुर नगरपालिकाका लागि ३६ करोड ५१ लाख, अर्जुनधारा नगरपालिकाका लागि ३४ करोड ८६ लाख रुपैयाँ बजेट छुट्याइएको छ। नगरपालिकामध्ये सबैभन्दा कम कन्काई नगरपालिकाका लागि २८ करोड ०५ लाख विनियोजन गरिएको छ।
गाउँपालिकाहरुमध्ये सबैभन्दा बढी कमल गाउँपालिकालाई ३० करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ।
कचनकवल गाउँपालिकाका लागि २९ करोड १८ लाख, गौरीगञ्ज गाउँपालिकाका लागि २४ करोड ४४ लाख र झापा गाउँपालिकाका लागि २५ करोड ९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
त्यसैगरी बाह्रदशी गाउँपालिकाका लागि २३ करोड २० लाख, बुद्धशान्ति गाउँपालिकाका लागि २८ करोड १ लाख र हल्दीबारी गाउँपालिकाका लागि २३ करोड १६ लाख रुपैयाँ छुट्याइएको छ।