माग अनुसार बजारमा छैन पेट्रोलियम पदार्थ

माग अनुसार बजारमा छैन पेट्रोलियम पदार्थ
+
-

बिर्तामोड– पूर्वी नेपालमा बजारको माग अनुसार पेट्रोलियम पदार्थ आपूर्ति अझै सहज हुन सकेको छैन।

भारतीय भन्सार नाका पानीटेंकीमा अनलाइन बिलिङ प्रणाली लागु भएपछि चाहिएको मात्रामा नेपालमा पेट्रोलियम पदार्थका ट्यांकर भित्रिन भित्रिन नसक्दा उक्त समस्या उत्पन्न भएको हो।

विगत एक साता भन्दा बढी समयदेखि झापा, इलाम, पाँचथर तथा ताप्लेजुङका उपभोक्ताले पेट्रोलियम पदार्थ अभावको मार खेप्नु परिरहेको छ।

तर नेपाल आयल निगम चारआलीका अनुसार अहिले ट्यांकर नेपाल आउन सहज भइसकेको छ। केही दिनको चरम अभाव खेपिरहेको पूर्वी नेपालको बजारमा पूर्ण रुपमा सहज हुन केही दिन लाग्ने निगम चारआलीका प्रमुख सनम कार्कीले बताए।

उनले भने, ‘पेट्रोलियम पदार्थको हाहाकार हुने हो कि भन्ने चिन्ताले उपभोक्ताले सवारी साधनमा टन्नै तेल भर्न थालेकाले यो समस्या आएको हो।’

उनका अनुसार अहिले दैनिक ४०/४५ ट्यांकर चारआली डिपोमा पेट्रोल तथा डिजेल भारतबाट आइरहेको छ। उनले आयल निगमको सञ्चित गर्ने क्षमता नभएकाले बजारको माग पूरा गर्न समस्या भएको बताए।

विराटनगर डिपोबाट पेट्रोलियम पदार्थ ल्याउँदा भाडा बढी लाग्ने भएकाले घाटाको व्यापार हुने व्यवसायीहरु बताउँछन्।

मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालका अनुसार भारतीय भन्सारमा अनलाइन बिलिङ प्रणाली शुरु भएकाले पेट्रोलियम पदार्थका ट्यांकर भारतबाट नेपाल भित्रिन समय लागेको थियो।

उनले भने, ‘आयल निगमले स्टोरेजको क्षमता बढाउनुपर्छ। अहिले ट्यांकर आउन सहज भइसकेको छ।’

चारआली डिपोबाट दैनिक करिब ३ लाख लिटर डिजेल तथा एक लाख लिटर पेट्रोल खपत हुने गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?