
काठमाडौं-मानव तस्करी गरेकाे अाराेपमा कलाकार राजेन्द्र खड्गी पक्राउ परेका छन्।
प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे-सीअाइबीले खड्गीलाइ पक्राउ गरेकाे हाे।
खड्गीले कलाकारकाे नाममा दक्षिण काेरिया लगेर मान्छे छाडेकाे अाराेपमा उनलाइ पक्राउ गरिएकाे सीअाइबी प्रमुख पुस्कर कार्कीले जानकारी दिए।
नृत्य कलाकारकाे नाममा ११ जनालाइ दक्षिण काेरिया लगेर छाडेकाे अाराेप खड्गीमाथी छ।
डीअाइजी कार्कीले भने- एक जनाबाट १० देखी १५ लाख रुपैयाँसम्म लिएकाे खुलेकाे छ। थप अनुसन्धान भइरहेकाे छ।