
काठमाडौं – प्रदेश नम्बर ३ को संसदीय दलको नेताका लागि उम्मेदवारी दिएकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूले जित्ने नजित्ने प्रदेशसभा सदस्यको हातमा रहेको बताएकी छन् ।
उम्मेदवारी दर्तापछि उनले देश सञ्चारसँग भनिन् ‘मैले ५८ जना प्रदेशसभा सदस्यसँग सहमति गरेँ । तर मेरा प्रतिस्पर्धीले पार्टीका माथिल्ला नेतालाई फोन गरेर उम्मेदवारी दिए ।’
उनले प्रभावले राजनीतिक नटिक्ने बताइन् । राजेन्द्र पाण्डे पछि हटे पनि डोरमणि पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा उम्मेदवारी दिएका छन् ।
नेता पौडेलले उम्मेदवारी दर्ता गर्नु पूर्व ओलीलाई फोन गरेर सोधेका थिए । ओलीले पछि नहट्न भनेपछि पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।
सम्बन्धित समाचार
अष्टलक्ष्मीले तीनपटक भनेपछि मुख्यमन्त्री बन्न तयार भएको हुँ : राजेन्द्र पाण्डे