
काठमाडौँ- एमाले प्रदेश ३ संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी भएका छन्।
प्रदेश ३ संसदीय दलको नेतामा राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यबीच सहमति नजुटेपछि अन्तिम समयमा शुक्रबार निर्वाचन भएको हो। निर्वाचनमा भने राजेन्द्र पाण्डेले प्रतिष्पर्धा गरेनन्। बरु डोरमणि पौडेल अन्तिम समयमा अष्टलक्ष्मीको प्रतिष्पर्धीका रुपमा निर्वाचन मैदानमा खडा भए।
तिनै डोरमणिले ५८ मतदाता रहेको एमाले प्रदेश ३ मा ३४ मतका साथ अष्टलक्ष्मीलाई पराजित गरे। अष्टलक्ष्मीले २४ मत प्राप्त गरिन्।
डोरमणिको विजययात्रालाई देशसञ्चारकी फोटो पत्रकार आरजुले १४ तस्बिरमा कैद गरेकी छन्। हेर्नुहोस् तस्बिरहरु:

डोरमणि पौडेल प्रदेश तीन एमाले संसदीय दल नेतामा विजयी भएपछि। तस्बिरहरु: आरजु