अष्टलक्ष्मीको पराजयसँगै प्रदेश मुख्यमन्त्रीमा महिला शून्य

अष्टलक्ष्मीको पराजयसँगै प्रदेश मुख्यमन्त्रीमा महिला शून्य
+
-

‘पार्टीमा डरलाग्दो गुट रहेछ भन्ने बल्ल मैले बुझें’

काठमाडाै‌ँ-  प्रदेश नम्बर तीनमा एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यको पराजयपछि संघीयतातर्फको पहिलो अभ्यासमा प्रदेश तहमा महिला नेतृत्व शून्य हुने पक्का भएको छ।

सात वटा प्रदेशमध्ये ६ वटामा वाम गठबन्धन र प्रदेश दुईमा मधेसकेन्द्रित दलहरुको नेतृत्वमा सरकार बन्दै छ।

नेकपा माओवादी केन्द्रका २ वटामा, नेकपा एमालेले नेतृत्व गर्ने बाँकी ३ प्रदेशको संसदीय दलको नेतामा समेत महिला प्रत्यासी नभएपछि प्रदेश सरकार महिला नेतृत्व विहीन हुने निश्चित भएको हो।

योसँगै समावेशी र समानताको सिद्धान्त कार्यान्वयनमा एमाले अघि रहेको दाबी त्यसका शीर्ष नेताहरुले गरे पनि महिलालाई नेतृत्वमा ल्याउन डराएको आरोप उसमाथि लागेको छ।

सुरुवाती चरणमा पार्टी उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने चर्चा एमालेमा चले पनि राजेन्द्र पाण्डे त्यसका लागि अघि सरेपछि र उनीहरुलाई लिएर शीर्ष तह नै विभाजित हुने अवस्था सिर्जना भएको भन्दै नेतृत्व अर्को विकल्पको रुपमा प्रदेशसभाका जेष्ठ सदस्य पौडेललाई मुख्यमन्त्रीका लागि उम्मेदवारका रुपमा खडा गर्ने निर्णयमा पुगेको थियो।

राजेन्द्र पाण्डेले केपी ओलीको साथ नपाएपछि अन्तिम समयमा उम्मेदवारी नदिने निर्णयमा पुगेका थिए तर अष्टलक्ष्मीलाई भन्दा पौडेलको समर्थनमा ‘लबिङ’मा उत्रिएका थिए।

उम्मेदवारी नदिने निर्णयमा पुगे लगत्तै उनले पौडेललाई संकेत गर्दै भनेका थिए, ‘प्रदेशसभा संघीय संसदसँग प्रत्यक्षरुपमा जोडिएको छ, पहिलो पटक गठित प्रदेशसभा हाँक्ने मानिस पनि अनुभवी र उमेरले पाको हुनु पर्छ।’

मतदानको नतिजा आउनुपूर्व नै पाण्डेले पौडेल अब ‘पाइलट’ र आफू ‘प्यासेञ्जर’ भएको बताएका थिए।

प्रदेश नम्बर तीनमा एमालेले सबैभन्दा धेरै सिट ल्याउनुको जस शाक्यलाई दिइएको तर शीर्ष तहको गुटबन्दीका कारण पौडलको पोल्टामा मत पुगेको मतदानस्थलमा एक सदस्यले बताए ।

‘शाक्यको योगदानलाई कदर गर्न र मुलुकभर राजनीतिमा संघर्षरत महिलाको मनोवल बढाउन उहाँनै मुख्यमन्त्री बन्नु पर्थ्यो,’ ती सदस्यले देशसञ्चारसँग भने, ‘तर गुटका कारण सबै बन्धक भए। समानताको कुरा गर्ने एमालेमा त यस्तो डर लाग्दो अवस्था छ अन्त के होला।’

५८ जना मतमा पौडेलले ३४ ल्याउँदा २४ मत प्राप्त गरेकी शाक्यले लोकतान्त्रिक विधिको नाममा आफुलाई आघात पुग्ने गरी षड्यन्त्रपूर्वक हराएको बताइन्।

‘सर्वसम्मतरुपमा अघि बढौं भन्दा मलाई जानीजानी हराइयो र त्यसबाट पार्टीभित्र डरलाग्दो गुटबन्दी रहेछ भन्ने मैले बुझेँ। यस्तो गुटबन्दीले पार्टी माथि उठ्नै सक्दैन र पार्टीलाई यसले कमजोर बनाउँछ,’ शाक्यले भनिन्।

उनले निर्वाचनमा आफू हार्दा दुःख नलागेको तर हराउने नीति पार्टीभित्र चलेकोमा आफू मर्माहित भएको समेत बताइन्।

एक सदस्यका अनुसार शाक्यले महिला भएका कारण सहानुभूति मात्रै पाइन् तर उनको योगदान र त्यागको कुनै कदर भएन न त संवैधानिक व्यवस्थाको अभ्यास सुरु भयो।

शाक्यलाई सर्वसम्मत प्रदेश संसदीय दलको नेता बनाउने भनिएपनि केपी ओली अन्तिम समयमा शाक्यसँग असन्तुष्ट बन्दा मुख्यमन्त्रीको चिठ्ठा पौडललाई प्राप्त भएको हो।

जेष्ठ सदस्यको हैसियतले प्रदेश तीनको सभामुखको जिम्मेवारी सम्हालिरहेका पौडल सभामुख पद पाए मुख्यमन्त्री छोड्ने मनस्थितिमा पुगेका थिए तर ओलीको समर्थन पाएपछि उनी संसदीय दलको नेताका लागि भिड्न तयार भएका थिए।

जातीय ‘क्लष्टर’ र महिला नेतृत्व सुनिश्चितताका लागि पनि शाक्यलाई मुख्यमन्त्री बनाउनु पर्ने आवाज उठे पनि कार्यान्वयन नभएको भन्दै सदस्यहरुले असन्तुष्टि जनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?