स्थानीय व्‍यावसायीले रोके जुत्ता मेला

स्थानीय व्‍यावसायीले रोके जुत्ता मेला
+
-

कास्की- शुक्रबारदेखि सुरु हुने भनिएको दोस्रो सँस्करणको जुत्ता मेला स्थानिय व्यवसायीको अवरोध कारण रोकिएको छ।

नेपाली जुत्ता घर प्रालिको आयोजनामा हुन गइरहेको सो मेला कम्पनीले सिधै मेलाको आयोजना गरि जुत्ता बेच्दा आफूहरु व्यवसायिक रूपमा असर परेको भन्दै स्थानिय व्यवसायीले विरोध गरेपछि मेला रोकिएको हो ।

व्यवसायीको चर्को दबाबका कारण पोखरा लेखनाथ महानगरपालिका कार्यालयले मेलाका लागि दिएको अनुमतीलाई बदर गरेको छ।

मेलाका लागि आवश्यक अनुमति दिएर मेलाको सम्पूर्ण तयारी गरिसकेको आयोजक ‘नेपाली जुत्ता घर प्रालि’ भने एकाएक स्थानिय व्यवसायीको दबाबमा परेर महानगरले यस्तो निर्णय गरेको प्रति दुखेसो व्यक्त गरेको छ ।

‘हामीले कानुनी हिसाबमा सम्पूर्ण प्रकृया पुरा गरेर मेलाको अन्तिम तयारी गरेका थियौँ । शुक्रबार मेला शुरु हुने र त्यसलाई प्रतिनीधिसभा सदस्य रविन्द्र अधिकारीले उद्घाटन गर्ने गरि व्यवस्थापन पनि गरिसकेका थियौँ । तर अन्तिम समयमा आएर महानगरले पनि स्थानिय व्यवसायीको साथ दिँदै चिठि पठाएको छ । यो सरासर अन्याय हो ।’ जुत्ता मेलाका आयोजक कम्पनी नेपाली जुत्ता घर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले बताए ।

उनीहरुले सरकारी खुला व्यापार नीति अन्तगत रहेर आफूहरुले व्यापार गर्न पाउनुपर्ने माग राखेका छन् । यता पोखराका स्थानिय जुत्ता व्यापारीहरुले भने कुनै हालतमा पनि मेला आयोजना गर्न नदिने अडान लिएका छन् । आयोजक कम्पनीले पोखरामा भएको यो खाले परिस्थितीलाई ‘सिन्डिकेट’को संज्ञा दिएका छन् । अझै यहाँका व्यवसायीहरुको दबाबमा आएर महानगरपालिकाले पनि दिईसकेको अनुमतीलाई बदर गराएर ‘सिन्डिकेट’को पक्ष लिएको उनीहरुले आरोप छ।

उद्योग वाणिज्य संघले पनि कम्पनीहरुले सोझै आएर व्यापार मेला गर्दा यहाँका डिलर र अन्य व्यवसायीहरुको ब्यापारमा असर पर्ने बताएको छ । संघका महासचिव दामु अधिकारीले स्थानिय व्यवसायीलाई कम्पनीले अझै बढि मर्कामा पारेको बताए ।

‘हाम्रो बुझाई अनुसार कम्पनीहरुले यहाँका व्यवसायीहरुलाई डिलरशिप पनि दिने अनि आफँै आएर महिनौ दिनसम्म सोझै आफ्ना उत्पादनहरु पनि बेच्ने काम कम्पनीहरुले रोक्नुपर्छ ।’ उनले भने–‘यहाँका व्यवसायीहरुले लगानी फसाएर बस्ने अनि त्यहि कम्पनीले यहाँका डिलरहरुसँग कुनै सहकार्य नै नगरि मेला गर्ने गर्दा स्थानिय व्यवसायी नै बरु अन्यायमा परेका छन् ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?