
पोखरा – नेकपा माओवादी केन्द्र प्रदेश ४ ले सभामुखको टुंगो लगाएको छ । पार्टीको संसदीय दलको बैठकले सभामुखसहित संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकको समेत टुंगो लगाएको हो ।सभामुखमा पर्वतबाट निर्वाचित प्रदेशसभा सदस्य नेत्रनाथ अधिकारीको नाममा सहमति जुटेको छ ।
बैठकले संसदीय दलको नेतामा हरिबहादुर चुमान र उपनेतामा रामजी बराललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
प्रमुख सचेतकमा गायत्री गुरुङ र सचेतकमा चन्द्रबहादुर बुढालाई चयन गरेको नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं प्रदेशसभा सदस्य दीपक कोइरालाले जानकारी दिए ।
वााम गठबन्धनको बहुमत रहेको प्रदेश ४ मा भागबण्डामा एमालेलाई मुख्यमन्त्री र उप–सभामुख तथा माओवादी केन्द्रलाई सभामुख दिने गरी सहमति भएको थियो ।
यस्तै आइतबरा नेकपा एमालकोे संसदीय दलको बैठकले मुख्यमन्त्री र उपसभामुखको टुंगो लगाउने एमाले प्रदेश ४ का कार्यालय सचिव भीम कार्कीले बताए ।
सम्बन्धित समाचार