पूर्वमा विषादी मापन सहज, एक दिनमै रिपोर्ट

पूर्वमा विषादी मापन सहज, एक दिनमै रिपोर्ट
+
-

काँकरभिट्टा- सरकारले विषादी मापन गरेर मात्र भारतबाट कृषि उपज नेपाल भित्र्याउन दिने निर्णय गरेसँगै नेपाल र भारतबीचका नाकाबाट त्यस्ता बस्तु नेपाल भित्र्याउन निकै गाह्रो भएको छ।

कतिपय स्थानमा तरकारी तथा फलफूलका मूल्यमा चर्को बृद्धि भएका खबरहरु आइरहेका छन्। तर पूर्वी नाका काँकरभिट्टाको अवस्था भने अलि फरक छ।

केही दिन अघिसम्म भारतबाट आयात गरिएका कृषि बस्तु भन्सार नाकामा थन्किएर बसेका थिए। अहिले अवस्था अलि सहज भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए।

उनले भने, ‘अहिले हामीकहाँ असहज छैन। विर्तामोडमा रहेको प्रयोगशालामा नमूना पठाएको केही घन्टामै रिपोर्ट आउने भएकाले हामीलाई काम गर्न सहज छ। तरकारी खान योग्य भएको रिपोर्ट आउँदा एक दिनमै तरकारीका गाडी छुट्ने गरेका छन्।’

बुधबार बिहान भन्सार कार्यालयमा पुग्दा तरकारीका गाडी थिएनन्। मंगलबार साँझ आएका तरकारीका गाडीबाट नमूना लिएर प्रयोगशालामा परीक्षण गरेपश्चात बुधबार बिहानै ती गाडी छुटेका थिए।

विर्तामोडमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना भएपश्चात पूर्वी नाका हुँदै नेपाल भित्र्याइने कृषिबालीमा विषादी कति छ भन्ने परीक्षण सहज भएको छ। उक्त प्रयोगशालामा विराटनगर तथा सुनसरीका भन्सार कार्यालयहरुबाट समेत कृषि बस्तुका नमूना ल्याइने गरिएको छ।

काँकरभिट्टामा रहेको प्लान क्वारान्टाइन कार्यालयले बनस्पतिमा रोग छ/छैन भनेर मात्र हेर्ने गरेको छ। उक्त कार्यालयका बाली संरक्षण अधिकृत सुरेशकुमार साहले भन्सार कार्यालयले सिधै नमूना विर्तामोडको प्रयोगशालामा पठाउने गरेको बताए।

विर्तामोडमा रहेको प्रयोगशालाका प्राविधिकहरुका अनुसार सरकारले नियम लागु गरेपछि दिनमा करिब ८० वटासम्म नमूना परीक्षण गरिएको थियो। तर केही दिनदेखि उक्त चाप केही घटेको छ। अहिले दिनमा करिब ४० वटा नमूनाको परीक्षण गर्ने गरिएको उक्त प्रयोगशालाकी प्राविधिक सहायक अञ्जु आचार्यले बताइन्। उनले भनिन्, ‘केही दिन त निकै चाप भयो परीक्षण भयो। अहिले धेरै सहज भएको छ।’

उनका अनुसार भारतबाट आयात गरिने आलु, प्याज, आँप, स्याउ, अनारस, खरबुजा, मेवा, केरा, अनार, कागती, पानको पत्ता, खुर्सानीलाई विशेष प्राथमिक्ता दिएर जाँच्ने गरिन्छ। तर अहिलेसम्म केरा र अनारसमा विषादीको मात्रा ज्यादा भएको र केही दिन राखेर खान सुझाव दिएको आचार्यले बताइन्।

सुनसरी तथा मोरङबाट सोही किसिमका नमूना परीक्षणका लागि विर्तामोड ल्याइने गरिएको उनले जानकारी दिइन्। शनिवार बाहेक सबै दिन परीक्षणको काम भइरहेको उनले बताइन्।

नमूना संकलनका लागि संकलक महम्मद इस्लाम अन्सारी बिहान करिब ६ बजेबाट खटिने गरेका छन्। उनले प्रायः सबै गाडीबाट तरकारी तथा फलफूलका नमूना संकलन गर्ने गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?