प्रदेश तीनको सरकार गठन सबैभन्दा पहिले

प्रदेश तीनको सरकार गठन सबैभन्दा पहिले
+
-

काठमाडौं – मुलुकका सात प्रदेशमध्ये प्रदेश तीनले सबैभन्दा पहिले सरकार पाउने देखिएको छ।

प्रदेशसभाको बैठक आव्हानमा पहिलो बनेको प्रदेश तीनले सरकार गठनमा पनि अघि हुने गरी प्रक्रिया अघि बढाएको छ।

संसदीय दलको नेता चयन भएको दुई दिन र सभामुख चयन भएको एक दिनपछि सरकार गठनका लागि वाम गठबन्धनका साझेदार नेकपा एमाले र नेकपा माओवादीले दावी प्रस्ताव गरेका छन्।

शुक्रबार एमाले संसदीय दलको नेतामा चयन भएका डोरमणि पौडेललाई मुख्यमन्त्री नियुक्त गर्नु पर्ने दावी प्रस्ताव आइतबार प्रदेश तीनका प्रमुख अनुराधा कोइराला समक्ष गठबन्धनले गरेका हुन्।

उनलाई मुख्यमन्त्री बनाउने सम्बन्धमा नेकपा एमालेका प्रदेशसभा सदस्य रामेश्वर फुयालले प्रस्ताव र माओवादीका संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलले समर्थन गरेका छन् ।

पौडेल एमाले उपाध्यक्ष एवं प्रदेश तीनका संयोजक अष्टलक्ष्मी शाक्यलाई हराउँदै संसदीय दलको नेतामा चुनिएका थिए।

शनिबार प्रदेश नम्बर तीनको सभामुखमा एमालेबाट सानुकुमार श्रेष्ठ निर्विरोध चयन भएका थिए। उपसाभामुखमा माराधिका तामाङ चयन भइसकेकी छन्।

एमाले नेता रामेश्वर फुयालले जतिसक्दो प्रदेश सरकार गठन गरी विकास र समृद्धिका लागि योजना बनाउने र त्यसको कार्यान्वयमा लाग्ने बताए।

प्रदेशसभामा एमालेको आफ्नै स्पष्ट बहुमत भएकाले प्रदेश प्रमुख कोइरालाले पौडेललाई तत्काल मुख्यमन्त्रीको रुपमा सफथ गराउनु पर्ने सवंधानिक बाध्यता छ।

यो प्रदेशमा गठबन्धनको एक सय १० सिट रहेकोमा ५८ एमालेको र ५२ सिट रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?