कास्कीमा रबिन्द्र अधिकारीको ह्याट्रिक

+
-

कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा बाम गठबन्धनबाट एमाले केन्द्रीय सदस्य चर्चित युवा नेता रबिन्द्र अधिकारी विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतको फराकिलो अन्तरले पछि पार्दै विजय हासिल गरेका हुन्। अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गर्दा चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरे।

यसअघि २०६४ र २०७० को संविधानसभामा कास्की क्षेत्र नम्बर ३ बाट रबिन्द्र विजयी बनेका थिए।

कास्की क्षेत्र नम्बर १ र ३ को प्रतिनिधिसभाको मत गणना जारी छ। प्रदेश सभामा कास्की २(१) बाट बाम गठबन्धनका कृष्ण थापा र कास्की २ (२) बाट नेपाली कांग्रेसका बिन्दुकुमार थापा विजयी भइसकेका छन् भने अन्य प्रदेश सभामा बाम गठबन्धनका उम्मेदवारहरु नै अग्रस्थानमा छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?