काठमाडौंका दस क्षेत्रमा विवेकशीलको ४२ हजार ३ सय १५ मत

काठमाडौंका दस क्षेत्रमा विवेकशीलको ४२ हजार ३ सय १५ मत
+
-

काठमाडौंः विवेकशील साझा पार्टीले यो प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा काठमाडौंमा ४२ हजार ३ सय १५ मत ल्याएको छ। यद्यपि कुनै पनि क्षेत्रमा उक्त पार्टीका उम्मेदवारले जित हासिल गर्न सकेनन्।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार जिल्लाका १० वटै क्षेत्रहरुमा उक्त पार्टीबाट उठेका उम्मेदवाहरुले पाएको मतगणना गर्दा विवेकशीललाई यति मत प्राप्त गरेको हो। पार्टीका संयोजक रविन्द्र मिश्र उम्मेदवार बनेको क्षेत्र नम्बर १ सबैभन्दा चर्चामा रह्यो जहाँ मिश्रले १० हजार ११८ मत ल्याएका छन्। उनी कांग्रेस नेता प्रकाशमान सिंहसँग ८१९ मतले पराजित बनेका थिए।

क्षेत्र नम्बर २ बाट उठेका उम्मेदवार सूर्यराज आचार्यले ६ हजार ६ सय ४३ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी सुमित्रा सिंह लामालाई २ हजार २ सय ५ जनाले मत दिएका छन्। क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेकी सुबुना बस्नेतलाई ३ हजार ४० मत प्राप्त भएको छ।

क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका उज्जवलबहादुर थापालाई भने १ हजार २ सय ८० मत मिलेको छ। क्षेत्र नम्बर ६ का उम्मेदवार रमेश चिलुवालले ४ हजार २ सय २५ मत ल्याएका छन्।

क्षेत्र नम्बर ७ की उम्मेदवार अनुपा श्रेष्ठले ३ हजार ४ सय ५० मत ल्याएकी छन्। यस्तै क्षेत्र नम्बर ८ का उम्मेद्वार पुकार बलमे ४ हजार ४ सय १४ मत ल्याएका छन्। क्षेत्र नम्बर ९ मा उम्मेदवार बनेका मिलन पाण्डेले ४ हजार ९ सय ४६ मत ल्याउन सफल भएका छन्। उता क्षेत्र नम्बर १० का उम्मेदवार प्रदीप ढकालले २ हजार ३ मत ल्याएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?