महाशिवरात्रिको पूर्वसन्ध्‍यामा पशुपतिनाथमा थामिनसक्नु चहलपहल

महाशिवरात्रिको पूर्वसन्ध्‍यामा पशुपतिनाथमा थामिनसक्नु चहलपहल
+
-

काठमाडौं- महाशिवरात्रि पर्वको पूर्वसन्ध्‍यामा आराध्यदेव पशुपतिनाथमा थामिनसक्नु चहलपहल छ।

झिलिमिलि सिंगारिएको पशुपतिनाथमा महाशिवरात्रि पर्व मनाउन देश-विदेशबाट साधु सन्तहरु काठमाडौं भित्रिएका छन्।

साधुहरुको भीड बढेसँगै भक्‍तजनको समेत घुँइचो लाग्‍न थालेको छ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीका दिन भक्तजनलाई दर्शन गराउन विभिन्‍न व्यवस्था गरेको छ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउँदा बहुमूल्य गरगहना नलगाउन आग्रह गरेको छ।

शिवरात्रिका दिन पशुपतिको दर्शनका लागि चारवटै ढोकाबाट प्रवेश गराइने विकास कोषले जनाएको छ। पशुपति क्षेत्रमा प्लाष्टिकका झोला, कप, प्लेट जस्ता सामग्री निधेष गरिएको छ।

त्यस्तै विकास कोषले दर्शन गरेपछि भीड हुने गरी नबस्न र तुरुन्त बाहिर निस्कनसमेत सर्वसाधरणलाई अपिल गरेको छ। त्यस दिन शान्ति सुरक्षा, अस्थायी स्वाथ्य शिविर, खानेपानीको व्यवस्था मिलाइएको जानकारीसमेत कोषले दिएको छ।

हरेक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने सो पर्व यसपटक भने त्रयोदशीका दिन मंगलबार परेको छ।

यस पर्वमा हिन्दू धर्मावलम्बीले पशुपतिनाथ लगायत देशभरका शिवालयमा भगवान शिवको पूजा–आराधना गरी उपासना गर्ने प्रचलन छ।

 

 

तस्बिरहरु-आरजू/देश सञ्‍चार

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?