अनाथ आश्रममा हुर्किएकी भावना बनिन् ‘मिस टिन प्रोभिन्स वान’

अनाथ आश्रममा हुर्किएकी भावना बनिन् ‘मिस टिन प्रोभिन्स वान’
+
-

झापा – मिस टिन प्रोभिन्स वान को उपाधि विर्तामोड नगरपालिका ४ मा रहेको अनाथ आश्रममा सहारा लिएर बसेकी किशोरी भावना चौहानले जितेकी छिन्।

उनका बुवा को हुन् उनलाई नै थाह छैन। आमाले सानै छोडेर हिँडिन्। उनी अहिले विर्तामोड ४ मा रहेको तारा नमस्ते बाल ग्राममा आश्रय लिएर विर्तामोडकै महेन्द्र रत्न माविमा कक्षा १२ मा अध्ययनरत छिन्।

उनले विर्तामोडमै रहेको होटल म्यानेजमेन्ट कलेजमा स्नातक तह पढ्नका लागि सतप्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन्।

परिचय राउन्ड, प्रश्नोत्तर राउन्डबाट नै उत्कृष्ट बन्दै आएकी चौहानले अन्तिममा सोधिएको प्रश्नमा गतिलो जवाफ दिएकी थिइन्।

देश विकासमा महिलाको भूमिका के हुनुपर्छ? भन्ने निर्णायकको प्रश्नमा उनले ‘देश विकासमा महिलाको भूमिका खोज्ने हो भने पहिला महिलालाई शिक्षित बनाउनुपर्छ’ भन्ने जवाफ दिएकी थिइन्।

प्रतियोगितामा दोस्रो र तेस्रो क्रमशः स्मृति सुनुवार र अनुष्का कटवाल भएका थिए। प्रतियोगिता विरता जेसीज र विर्ता मिडिया इन्टरटेन्मेन्ट प्रालिको संयुक्त आयोजनामा शनिवार साँझ सम्पन्न भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?