दमक ग्याङ फाइटकाे कारण व्यक्तिगत रिसइबीमा

दमक ग्याङ फाइटकाे कारण व्यक्तिगत रिसइबीमा
+
-

झापा-विगतमा भएको व्यक्तिगत रिसइवीको विषयमा छलफलमा बसेका दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक–२ का १८ वर्षीय विक्रम लिम्बु रहेका छन्।

सोही झडपमा परि दुई जना घाइते भएका छन्। घाइते हुनेमा दमक ३ का सुजन भण्डारी र दमक ३ कै सुजन भुजेल रहेका छन्।

भण्डारीको विर्तामोडस्थित वि एण्ड सी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए। उनको ढाडमा छुरी प्रहार भएको उनले बताए।

अर्का घाइते भुजेलको भने सामान्य अवस्थामा दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।

घटनामा संलग्न पेल्टीमारी इलामका कुशल मगरलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ। अन्य दुई जना फरार रहेका छन्।दमक–१ का अभिषेक राई र दमक–१ कै पूरा नाम नखुलेका रोहित भनिने एक व्यक्ति फरार रहेका छन्।

उनीहरुलाई खोजी गर्न प्रहरी परिचालन गरिएको जिप्रका झापा प्रवक्ता श्रेष्ठले जानकारी दिए। दमक–१ दुर्गा मन्दिर पछाडि दिउँसो करीब सवा तीन बजेतिर दुई समूहबीच झडप भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?