अशक्त भुटानी शरणार्थीको दैनिकी कष्टकर, भन्छन्ः ‘हाम्रो हेरचाह गर्ने कोही छैन’

अशक्त भुटानी शरणार्थीको दैनिकी कष्टकर, भन्छन्ः ‘हाम्रो हेरचाह गर्ने कोही छैन’
+
-

झापा– झापा दमकमा रहेको बेल्डाँगी शरणार्थी शिविरमा पुग्दा बृद्ध जंगबहादुर खड्का खाटमा सुतिरहेका थिए। उनको स्वास बढिरहेको थियो। राम्ररी बोल्ने सक्ने अवस्थामा थिएनन् उनी।

स्वास बढ्दै भए पनि उनी भन्दै थिए, ‘यो एक मुठी स्वास कतै नभएर भुटानमै गए हुन्थ्यो जहाँ मेरो ४ ऐकर जमिन थियो।’

उनको खाटमा ओछ्याइएका कपडा हेर्दा धेरै दिनसम्म धोएका छैनन्। उनको अनुहार र शरीरमा लगाएका कपडा हेर्दा उनले महिनौंसम्म नुहाउन पाएका छैनन्। उनको कपडा धुने र नुहाउने ल्याकत छैन अहिले।

‘तपाईंलाई हेरचाह गर्ने को छ?’ भन्ने देशसञ्चारको प्रश्नमा खड्काले श्रीमतीतिर औँलाले देखाउँदै भने, ‘ऊ त्यही हो। तर के गर्नु र, बहुलाएरै हुँदैन।’

हिँडडुल गर्न नसक्ने अवस्थाका बेल्डाँगी शिविरका भुटानी शरणार्थी जंगबहादुर खड्का।

उनकी श्रीमती राम्रोसँग बोल्न सक्दिनन्। उनलाई पनि अपांगता छ। उनलाई रिस उठ्यो भने अगाडि जे भेट्यो त्यहीले हिर्काउने गरेको खड्काले दुःखेसो पोखे। दिउँसो एक बजेतिर अगेनामा भातको भाँडो बसाइएको थियो। कतिबेला पाक्छ र खानु भन्दै खड्का अगेनातिर बेला–बेला हेरिरहन्थे।

जंगबहादुरको शरीरका छाला झोलिएका छन्। ट्वाइलेट जान पनि लौरोको साहारा चाहिन्छ। कोही बेला त ट्वाइलेटमै रिंगटा लागेर लड्ने गरेको उनले सुनाए।

उनले भने, ‘मेरा छोराछोरी पनि भएनन्। दाजुभाइका छोरा छोरी त थिए ती पनि अमेरिकातिर गए। कसैको सहारा छैन। संस्थाले दिने गरेको थोरै सहयोग पनि दिन कम गर्न थाल्यो। कसरी बाँच्ने हो।’

झारले छोप्न लागेको जंगबहादुरको छाप्रो।

उनलाई विदेश जान मन लागेन। श्रीमतीको अवस्था त्यस्तो भएकाले पनि विदेशमा दुःख पाइन्छ भन्ने उनलाई लाग्यो। उनले भने, ‘फ्याट्ट जाने दिन धेर छैन। विदेश गएर के दुःख पाउनु? नेपाल र भुटान त उस्तै त छन्।’

उनको छाप्रा वरिपरि झार पलाएर छाप्रो नै छोपिन लागेको छ। औषधि गर्न जान पनि एक्लै जानसक्ने अवस्था छैन उनीसँग। दिनभर छटपटी गर्दै बस्छन्। भन्छन्, ‘अब यो दुःखीलाई हेर्ने कस्ले?’

एक्लै बस्दै आएका भुटानी शरणार्थीको जीवन जोखिमयुक्त

शिविरहरुमा रहेका भुटानी शरणार्थीमध्ये अशक्त, बुढाबुढी तथा एक्लै बस्नेहरुको दैनिकी कष्टकर बन्दै गएको छ। सन्तानको स्याहारसुसार पाउने बेलामा धेरै बृद्ध–बृद्धा एक्लो जीवन बिताउन बाध्य छन्।

एक्लै बस्दै आएका शरणार्थी पूर्णबहादुर लिम्बु।

उमेर हुन्जेल बेल्डाँगी शिविरकै ८६ वर्षीय पूर्णबहादुर लिम्बुको जीवन पनि राम्रै चलेको थियो। जब उनी बढेसकालतर्फ लाग्दै गए, उनकी पत्नीको पनि ज्यान गयो। छोराले सँधैका लागि संसार छोडेर गए। उनको छोप्रोमा पुग्दा उनी त्यतिकै टोलाएर बसिरहेका भेटिए।

उनी सक्दा पकाउँछन् नसक्दा भोकै सुत्छन्। राति पानी दिने मान्छे पनि हुँदैनन्। लिम्बु भन्छन्, ‘एक्लै बसेको छु। छोरीहरु भुटानमै छन्। सक्दा खाना पकाएर खान्छु। राति केही भयो भने केही उपाय छैन।’

आफन्त तथा परिवारका सदस्यबाट टाढिएका यी बृद्ध–बृद्धा शरणार्थीको दिनचर्या निकै नाजुक अवस्थामा पुगेको छ। विदेश पुनर्स्थापित भएका आफन्तले खोजखबर समेत नगरेको गुनासो उनीहरु गर्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?