‘स्मार्ट भिजेलदेखि बम डिस्पोज रोबर्ट’सम्‍मको सपना

‘स्मार्ट भिजेलदेखि बम डिस्पोज रोबर्ट’सम्‍मको सपना
+
-

काठमाडौं- निम्‍न माध्यमिक विद्यालय तथा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी विज्ञान,प्रविधि इन्जिनियरिङ, कला र गणित क्षेत्रमा सामूहिक सिकाइको प्रवर्द्धन गर्न ‘भविष्य’ नामक राष्ट्रिय स्टिम च्यालेन्ज प्रतियोगिता ललितपुरको सेना शारीरिक प्रशिक्षण र खेल केन्द्र लगनखेलमा आयोजना गरिएको छ।

विज्ञान तथा प्रविधि मन्त्रालय, विज्ञा तथा प्रविधि प्रतिष्ठान (नास्ट), रोबोटिक्स एशोसिएशन अफ नेपाल, कारखाना र नेपाल इन्‍नोभेशन ल्याबको संयुक्त आयोजनामा गरिएको प्रतियोगितामा ११० वटा विद्यार्थीहरुको टीम संलग्‍न छन्।

विद्यार्थीहरुको सृजनशीलताको पहिचान गरी भविष्‍यमा विश्‍वमा आइपर्ने समस्यालाई कसरि समाधान गर्न सकिन्छ भनेर संयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष्‍यलाई तय गर्न कार्यक्रमको आयोजना गरिएको विज्ञान तथा प्रविधि मन्त्री ले बताए। उनले भविष्‍य प्रतियोगिताको अवलोकनपछि भने ‘विद्यार्थीहरुको सृजनशीलतालाई सरकारले सक्दो सहयोग गर्छ। हामी सबे मिलेर विज्ञान प्रविधिमा विकास अगाडि बढ्‍नुपर्छ।’

प्रतियोगितामा काठमाडौं उपत्यकाभित्र करीब ११० वटा सामुदायिक विद्यालय तथा संस्थागत मावि तथा निम्‍न माध्यामिक विद्यालय तहका ८ देखि १४ वर्ष उमेर समूहका तीन जना विद्यार्थीहरुको एउटा टीम रहने गरी १ सय ८३ वटा टीमबाट ५५० जना विद्यार्थीहरु सहभागि छन्। जसमा ८ वर्षदेखि ११ र १२ वर्षदेखि १४ वर्ष उमेर समूहका विद्यार्थीहरुले प्रतिस्पर्धामा भाग लिएका छन्।

प्रतियोगितामा भाग लिएका अधिकांश स्कुलका विद्यार्थीहरुले दिगो विकासका लागि भन्‍दै स्मार्ट भिलेज, रेन वाटर हार्भेस्टिङ, बर्ड हाउस, वाटर प्युरिफिकेशन, बम डिस्पोज रोबोर्ट लगायत कन्सेप्ट बनाइरहेका छन्।

उनीहरुमध्‍ये कान्जिरोवा नेशनल स्कुलमा कक्षा आठमा अध्‍ययनरत विद्यार्थीहरुले ‘रेन वाटर हार्भेस्टिङ’को प्रोजेक्ट तयार गरेका छन्। प्रोजेक्ट निर्माणमा दीक्षित यादव, सार्थक सेन, अनुजय भट्टराई र प्रणव बुढाथोकी रहेका छन्। उनीहरुमध्‍ये दिक्षित टीम लिडर हुन्।

दीक्षित भन्छन्,’ ग्लोबल वार्मिङले विश्‍वमा पानीको अभाव भइरहेको छ। गाउँबाट शहर र शहरमा पनि कोलोनि सिस्टम आइसकेको छ। त्‍यसकारण हाम्रो यो प्रोजेक्टले आकाशको पानी संकलन गरी एक ठाउमा जम्‍मा गरेर शुद्ध खानेपानीको वितरण गर्छ भने त्‍यही पानीबाट इलेक्ट्रीसिटी पनि उत्पादन गर्न मद्दत पुग्छ।’

यस्तै पारागन पब्लिक स्कुलका विद्यार्थीहरु पनि स्मार्ट भिलेजको कन्सेप्ट बनाएका छन्। क्रितेश कट्टवाल र क्रिश खत्रीको टीमले स्मार्ट भिलेजमार्फत गाउँमा हाइड्रोपावरको माध्‍यमबाट विजुली निकाली झलमल्ल बनाउनेमा काम गरिरहेका छन्।

यति मात्रै नभएर भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोकका श्री भिमसेन सेकेण्डरी सामुदायिक विद्यालयका शुभेक्षा, राजेन्द्र र प्रबिसाले बायो ग्‍याँस प्लानटेशन नामक प्रोजेक्ट बनाएका छन्। गाउँघरमा विजुलीको अभावमा बायो ग्‍याँसबाट बाल्‍न सकिने, दाउँराको अभावमा बायो ग्‍यासबाटै खाना पकाउन सकिने र त्‍यहाँबाट निस्किने पदार्थलाई मलको रुपमा खेतबारीमा प्रयोग गर्दा कृषि फस्टाउने भएकाले उनीहरु दीगो विकासमा मद्दत पुग्‍ने बताउँछन्।

भविष्‍य टीममा सहभागी हुँदा निक्‍कै उत्साहित बनेकी प्रबिसा भन्छन्,’ मेरो घरमा बायो ग्यास भएकाले यसबाट प्रभावित भएर मैले हाम्रो टीममा यही प्रोजेक्ट छाने। यसले वातावरणलाई असर नगरीकन हाम्रो दैनिक जीवनमा सघाउ पुर्‍याउने भएकाले हामीले दिगो विकासमा टेवा पुग्‍ने विश्‍वास लिएका छौ।’

यता, श्री जनक सेकेण्डरी स्कुल, दक्षिण ढोकामा अध्ययनरत विद्यार्थीहरु नविन्द्र चौरेल, रमेश रापल र सरोज दाहालको टीमले ‘आधुनिक हल’ अर्थात आधुनिक हलो निर्माण गरेका छन्। उनीहरुले अब जमिनमा आधुनि तरिकाले खनजोत र सिचाइ गरिनुपर्छ भन्‍दै यो अवधारणा ल्‍याएका हुन्।

भविष्‍य स्टिममार्फत उनीहरुको यो सपना पूरा भए नेपाल मात्र नभएर विश्‍वका सम्पूर्ण किसानहरुलाई आधुनिक हलो बनाउन मद्दत पुग्‍नुका साथै कृषि पेशामा सहजता ल्‍याउने टीम लिडर सरोज दाहाल बताउँछन्। उनी भन्छन्,’नेपाल त्‍यसै त कृषिप्रधान देश, यहाँका अधिकांश किसान हलो मार्फत नै खेतीपाती गर्दै आएका छन्। त्यसकारण यो आधुनिक हलोले खेतमा काम गर्न र सिँचाई गर्न ज्‍याँदै उपयोगी हुनेछ।’

विहान १० बजेबाट सुरु भएको ‘भविष्‍य’ राष्ट्रिय स्टिम च्यालेन्जमा विद्यार्थीहरुलाई २५ जना मेन्टर (विद्यार्थीहरुलाई सिकाइमा सहयोग गर्ने टेक्निकल लिडर)हरुले सहयोग गरिहरेका छन्। उनीहरुले साँझ ५ बजेसम्‍म विद्यार्थीहरुको नयाँ कन्सेप्टलाई साथ दिने बताएका छन्।

सम्बन्धित समाचार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?