विर्तामोड-७, ८ र ९ वडाको संयुक्त कार्यालयमा बिहानै बम बिस्फोट

विर्तामोड-७, ८ र ९ वडाको संयुक्त कार्यालयमा बिहानै बम बिस्फोट
+
-

झापा – झापाको विर्तामोड नगरपालिकाका दुई वडाको संयुक्त कार्यालयमा सोमबार बिहानै बम बिस्फोट भएको छ । बिहान साढे ४ बजे विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम बिस्फोट भएको हो ।

बिस्फोटका कारण कार्यालयमा रहेका कम्प्युटरसहितका उपकरण तथा कागजात नष्ट भएका छन् । यस्तै झ्यालका सिसा फुटेका छन् । कार्यालयको ५० मिटर वरपर रहेका घरका झ्यालका सिसा पनि फुटेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

बिस्फोट भएको बम प्रेसर कुकर बम हुन सक्ने आशंका प्रहरीले गरेको छ । अहिले सुरक्षा व्यवस्था कडा पारिएको डिएसपी श्रेष्ठले बताएका छन् ।

बम बिस्फोट कसले गराएको भन्ने यकिन नभए पनि देशका विभिन्न स्थानमा स्थानीय तहका कार्यालयमा लक्षित गरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिस्फोट गराइरहेकाले यो बिस्फोटमा पनि उसकै संलग्नता हुन सक्ने अनुमान प्रहरीको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?