विचार र सिद्धान्तमा अझै विमति, अड्कियो वाम एकता

विचार र सिद्धान्तमा अझै विमति, अड्कियो वाम एकता
+
-

काठमाडौँ- नेकपा एमाले र माओवादी केन्द्रबीच विचार र सिद्धान्तबारे एक मत बन्न नसक्दा बुधबार पनि ओली दाहाल समझदारीले औपचारिक रुप पाउन सकेन।

बुधबार विहानदेखि माओवादीका अध्यक्ष सहितका शीर्ष नेताहरुको बैठक खुमलटारमा, एमाले स्थायी समितिको बैठक मानभवनमा, त्यसपछि दुई पार्टीका अध्यक्षको एक्ला एक्लै भेट र अन्तमा साढे चार घण्टा चलेको एकता संयोजन समितिको बेठकले समेत एकतालाई औपचारिक रुप दिन नसकेपछि बिहीबारका लागि अर्को बैठक तोकिएको छ।

बैठक लगत्तै एमाले उपाध्यक्ष बाम देव गौतमले एकताबारे ९५ प्रतिशत सहमति भइकेको र बाँकी पाँच प्रतिशत बिहीबार टुंगाउने कोसिस गर्ने बताए ।

बैठकले एकीकृत पार्टीको संगठनात्मक स्वरुप,विचार तथा सिद्धान्त मिलाउन दुई उच्चस्तरीय समिति बनाउने निर्णय गरेको पनि गौतमले बताए ।

तर समितिमा कोको रहने भन्नेबारे पनि बिहीबार नै टुंगो लाग्ने गौतमको भनाइ छ।

माओवादी नेता नारायणकाजी श्रेष्ठले अझै पनि विचार र सिद्धान्तमा एक हुन नसकेको र त्यसका लागि छलफलले निरन्तरता पाउने बताए।
तर गौतमले जसरी त्यसको टुंगो बिहीबार नै लाग्ने नलाग्नेबारे उनले स्पष्ट पारेनन्।

यी बाँकी विवादसँगै एकीकृत पार्टी दस्तावेज, पत्राचार तथा सर्कुलरहरुमा दुई सहअध्यक्षमध्ये कसको हस्ताक्षर हुने भन्ने विषय पनि अनिर्णित रहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष