नेकपामा नेतृत्वलाई लिएर झगडा कायमै

बुधबारका लागि डाकिएको सचिवालय बैठक फेरि स्थगित

बुधबारका लागि डाकिएको सचिवालय बैठक फेरि स्थगित
+
-

काठमाडौँ – स्कुल विभागसहित जनवर्गिय संगठनको नेतृत्व लगायत विषयमा विवाद कायमै भएपछि अन्ततः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक फेरि स्थगित भएको छ।

पार्टीभित्र आन्तरिक छलफल गर्नु पर्ने देखिएपछि बैठक बिहीबारका लागि सरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

तर मंगलबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेका नेताहरुबीच गरेको छलफलमा जनवर्गीय संगठनको नेतृत्वलाई लिएर व्यापक विवाद भएको र त्यो टुगिंन नसकेपछि बैठक स्थगित गर्नु परेको सचिवालयका एक सदस्यले बताएका छन्।

स्कुल विभागको नेतृत्व पूर्व एमालेका ईश्वर पोखरेल या पूर्व माओवादीका नारायणकाजी श्रेष्ठ मध्ये कसलाई दिने भन्ने विवाद कायमै रहेका बेला जनवर्गीय संगठनको नेतृत्व छान्न पूर्व एमालेलाई हम्मेहम्मे परेको ती सदस्यको दाबी छ।

यस्तै बुधबार बिहान ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गरेको छलफल पनि विना निष्कर्ष सकिएपछि थप गृहकार्य गर्ने भन्दै भोलिसम्म लागि स्थगित भएको सूचना जारी गरिएको हो।

सचिवालय बैठक बुधबार तीन बजेका लागि डाकिएकोे थियो। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचार गरेर सिंगापुरबाट फर्किएकै भोलिपल्ट अर्थात साउन २८ गतेका लागि तोकिएको बैठक पहिले आन्तरिक छलफल गर्ने र आज अर्थात बुधबार बैठक डाक्ने जानकारी ओलीले सचिवालय सदस्यहरुलाई दिएका थिए।

नेकपाको सचिवालय बैठक साउन १३ यता बस्न सकेको छैन । अध्यक्ष ओली र दाहालले साउनभित्रै एकता टुंग्याउने सार्वजनिकरुपमा दाबी गरेका थिए।

तर उनीहरुको विदेश भ्रमणले लामो समय स्थगित बैठक पुन: बस्न नसकेको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?