जितपछि रबिन्द्र अधिकारीले भने, आर्थिक सम्बृद्धि अबको एजेन्डा

जितपछि रबिन्द्र अधिकारीले भने, आर्थिक सम्बृद्धि अबको एजेन्डा
+
-

कास्की– कास्की क्षेत्र नम्बर एक, दुई र तीनबाट प्रतिनिधिसभामा निर्वाचित उम्मेदवारले मुलुकको समृद्धिलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्।

कास्की क्षेत्र नं. २ बाट निर्वाचित पूर्वसांसद एवं संसदीय विकास समितिका सभापति रबिन्द्र अधिकारीले पोखरा र देशको विकासलाई केन्द्रविन्दुमा राखेर अघि बढ्ने बताए। उनले कस्केलीले आफुमाथि पटकपटक गरेको विश्वासलाई डगमगाउन नदिने बताए। उनले भने, ‘२०६४, २०७० र २०७४ सम्म आइपुग्दा कस्केली जनताले जुन विश्वाससाथ मतदान गरेर निर्वाचित गराउनु भएको छ। जनतालाई निराश बनाउने काम गर्ने छैन।’

विकास र समृद्धिको लडाइँमा सफलता हासिल गर्न अबको यात्रा रहेको बताए। उनले पर्यटकीय शहर पोखराको सुन्दरतालाई विश्वसामु चिनाउँदै आर्थिक समृद्धिका सबैको साझा एजेण्डा भएको बताए। ‘मुलुकको अनुहार फेर्ने नयाँ उत्साह थपिएको छ। जनताको जनादेश र मर्म बुझेर संविधानको कार्यान्वयन र विकासको एजेण्डा पूरा गर्नेतर्फ लाग्नेछु । ’

कास्की क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा बाम गठबन्धनबाट उम्मेदवार बनेका खगराज अधिकारीले निर्वाचित भएसँगै अब आफूले विकासको एजेण्डा र जनतासामु गरेका घोषणालाई पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्। अधिकारीले सबैलाई समेटेर र केन्द्रीय घोषणापत्र र स्थानीय घोषणापत्रलाई मुख्य आधार बनाई त्यसैको मार्गदर्शनमा अघि बढ्ने बताए। ‘देशको समग्र विकासलाई केन्द्रमा पहँुच पुर्.याउँदै प्रदेशलाई बलियो बनाउन अब प्राथमिकताका साथ काम गर्नेछु।’ उनले पोखराको कनेक्टिभीलाई जोड दिँदै ग्रामीण विकासलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताए। पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका खगराज अधिकारीले नागरिकको स्वस्थ्य जीवन जिउन पाउने अधिकारलाई विशेष ध्यान दिने बताए।

क्षेत्र नं. ३ बाट निर्वाचित नेकपा एमालेका प्रदेश नं. ४ का प्रचार प्रमुख एवं पोलिब्युरो सदस्य जगत विश्वकर्माले अब आफू साझा उम्मेदवार भएर कास्की पोखरा र प्रदेश नं ४ को सर्वाङ्गीण विकासमा जोड दिने बता। उनले मतदाताअघि गरेका वाचाहरु पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताए। संविधानको कार्यान्वयन गर्दै सामाजिक न्याय स्थापितका लागि उत्पीडीत समुदायको वर्ग उत्थानका लागि आफू लागिपर्ने बताए। विश्वकर्माले भने, ‘जनताको समृद्धि हासिल गर्न स्थानीय जनप्रतिनिधि र अन्य राजनीतिक दलसँग समन्वय गरेर अघि बढ्छु।’ जनताको अगाडि गरेका प्रतिबद्धतालाई पूरा गर्ने जिम्मेवारी प्राप्त भएको छ अब स्थायी सरकारमार्फत समस्या समाधान र समृद्धि हासिल अबको लक्ष्य भएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?