
सुर्खेत– प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही नियुक्त भएका छन्। विहीवार ६ नम्बर प्रदेश प्रमुख दुर्गाकेशर खनालले शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
कालिकोट प्रदेश ‘ख’ बाट निर्वाचित सांसद शाही एमालेको समर्थनमा मुख्यमन्त्री भएका हुन्।
प्रदेशसभामा ५० प्रतिशत प्रतिनिधित्व गरेको नेकपा एमालेले यसअधि मुख्यमन्त्रीको दाबी गरेको थियो। वाम गठबन्धनबीच केन्द्रमा भएको सहमतिअनुसार नै एमालेले माओवादीलाई समर्थन गरेको हो।
एमालेले यसअघि आलोपालो मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको थियो।
बिहीबार एमालेको संसदीय दलको बैठकले मन्त्रालय बाँडफाँड र वाम गठबन्धनको पुर्णतामा धक्का नपुग्ने गरी सहमति भएको नेताहरुले बताएका छन्।
बिहीवार मुख्यमन्त्री नियुक्त भएका शाहीले भोलि (शुक्रबार) सपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
शुक्रबार नै मन्त्रिमण्डल विस्तारको प्रक्रिया शुरु हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। माओवादी केन्द्र प्रदेशसभा संसदीय दलको बैठकले सांसद शाहीलाई संसदीय दलको नेता चयन गरेको थियो।
डिभिजन कमाण्डरदेखि मुख्यमन्त्रीसम्म
वि.स.२०३३ साल माघ १५ गते कालिकोट जिल्लाको पचालझरना गाउँपालिका (साविकको नानिकोट गाविस वडा नं ८) मा मध्यमबर्गीय परिवारमा भएको हो।
उनका बाबुको नाम लालबहादुर शाही र आमाको नाम रनकौडा शाही हो।
उनकी श्रीमतीको नाम चन्द्राकुमारी शाही हो। उनका दुई छोरी र एउटा छोरा छन्। उनी २ बर्षकै हुँदा उनका बुवाको देहान्त भएको थियो।
महेन्द्रबहादुर शाहीले २०४८ सालमा नेकपा मसाल एकता केन्द्रवाट आधिकारिक राजनीति यात्रा सुरु गरेका थिए। २०४९ सालमा प्रहरी वारेन्टमा परेका उनी २०५२ सालवाट भुमिगत र शशस्त्र जनयुद्धमा सामेल भए।
२०५३ सालमा गुरिल्ला गठनमा सदस्यदेखि लडाकु जीवनमा प्रवेश गरे।
राजनीतिक र फौजी दुबै मोर्चामा शैन्य नेतृत्व सम्हाल्दै शशस्त्र युद्धमा सरिक भएका उनीले पश्चिम नेपालका बुटवलदेखि दार्चुलासम्म भएका जनयुद्ध नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनले शान्ति प्रकृया हुँदै सेना समायोजनसम्म सैनिक क्षेत्रमा महत्वपुर्ण भूमिका निर्वाह गरे।
सुरुमा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डर सम्मको नेतृत्व गर्न सफल भएका शाहीले नेपाली सेनामा समायोजनका बेलामा सम्मानजनक पद नपाएपछि पार्टीको मूलधारको राजनीतिमा आएका हुन्।
२०७० को संविधाननसभा निर्वाचनमा कालिकोट–१ वाट प्रत्यक्ष निर्वातित संविधाननसभा सदस्य भएका शाहीले संविधानन सभाभित्र पनि महत्वपूर्ण भूमिका निर्वाह गरे।
राज्यसताभित्र रहेको बिभिन्न बिकृतीहरु, बिसंगतीहरु र भ्रष्ठचारजन्य मामिलाका विरुद्धमा शशक्त ढङ्गले लड्दै लोकमानसिंह कार्कीलाई महाअभियोग प्रस्ताव दर्ता गर्न साहसिक कदम चालेको थिए। उक्त कदमबाट उनीले निकै चर्चा बटुले। सशस्त्र विद्रोहको सुरुदेखि नै लागेका उनको अध्ययन एसएलसीसम्म छ। जनयुद्धमा राजनीतिक र फौजी दुबै मोर्चामा काम गरेका उनी प्रत्यक्ष निर्वाचित सांसद हुन्।
महेन्द्र बहादुर शाही देउवा नेतृत्वको सरकारमा ऊर्जामन्त्रीको जिम्मेवारी पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएर प्रस्तावकको रुपमा निकै चर्चा रहेका कालिकोट(१ बाट प्रत्यक्ष निर्वा्चित सांसद तथा ऊर्जामन्त्री महेन्द्र बहादुर शाही माओवादी केन्द्रभित्र इमान्दार नेताका छवि बनाएका नेताको रुपमा चिनिन्छन ।
माओवादीका पुर्व लडाकू कमान्डर रहेका शाहीको कालिकोटमा युद्धकालमा माओवादी संगठन बिस्तारमा ठुलो योगदान छ। पार्टीमा ‘प्रज्वल’ उपनामले चिनिने शाही ६ नम्बर र ७ नम्बर डिभिजनको कमाण्डर बनेका थिए । उनले माओवादी लडाईंका ठूलाठूला मोर्चामा निर्णायक भूमिका निर्वाह गरेका थिए ।
देउवा सरकारमा उर्जामन्त्रालयको जिम्मेवारी सम्हालेका उर्जा मन्त्री महेन्द्रबहादुर शाही ‘प्रज्वल’ले देशैभरको लोडसेडिङ हटाउने बताएका छन्। राजनीतिक र फौजी दुबै मोर्चामा काम गरेका उनी कालिकोटबाट प्रत्यक्ष निर्वा्चित सांसद हुन् । अध्यक्ष प्रचण्डलाई जानकारी नै नदिई तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की्विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि शाही एकाएक चर्चित बनेका थिए।

माओवादी जनयुद्धताका महेन्द्र बहादुर शाही।