प्रधानमन्त्री पिताको चिन्ता

‘छोरो चाँडो निको भएर आओस्’

‘छोरो चाँडो निको भएर आओस्’
+
-

झापा– आफ्ना छोरा छोरीको चिन्ता प्रत्येक बाबुले लिइ रहेका हुन्छन्। चाहे ठूलो ओहोदा होस् वा सानो। अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसादको पनि चिन्ता त्यस्तै छ।

देश चलाउने छोरो बिरामी भएर सिंगापुरमा उपचार गराउन गएका बेला झापाको पृथ्वीनगरमा कान्छा छोरा जयप्रसादसँग रहेका प्रधानमन्त्री पितालाई जेठो छोरो चाँडै निको भएर आइदिए हुन्थ्यो भन्ने लागेको छ।

आफू ८९ वर्षको हुँदा पनि आफ्नो स्वास्थ्यप्रति त्यति चिन्ता नलिएको देशसञ्चारसँगको भेटमा मोहनप्रसाद ओलीले बताए। उनले भने, ‘मलाई अहिले पनि हिँड्दा लौरो चाहिँदैन। पढ्नलाई चस्मा चाहिँदैन। तर देश चलाउने छोरो चाँडो निको भएर आए हुन्थ्यो।’

उनी प्रायः झापा–काठमाडौँ गरिरहन्छन्। तर जीवनको अधिकांश समय खेतीपातीमा बिताएका उनलाई काठमाडौँको बसाई त्यति रुचीकर लाग्दैन। केही दिन जेठो छोरासँग बस्छन् अनि झापा आउँछन्। उनी भन्छन्, ‘प्रधानमन्त्री छोरोले त भन्छ काठमाडौँ नै बस्नु भनेर। तर यहाँ नआइ चित्त बुझ्दैन।’

दुई छोरा र तीन छोरीका बाबु मोहनप्रसादलाई सबै छोरा छोरीको उत्तिकै चिन्ता छ। तर जेठो छोरोले देशकै अभिभावकत्व लिएकाले बढी चिन्ता हुनु स्वाभाविक भएको उनले सुनाए। उनको चुरोट तान्ने बानीले कोही बेला भने दुःख पाइने गरेको उनले सुनाए। उनले भने, ‘चुरोट तानिन भने घाँटीबाट पानी पनि निलिँदैन। ट्वाइलेट पनि लाग्दैन।’

उनको यो बानी घरका सबैलाई थाहा छ। प्रधानमन्त्री ओलीले बेला मौका ‘बुवा, चुरोट खानु हुन्न है’ भनेर सम्झाउने गरेको उनले बताए। मोहनप्रसादले भने, ‘उ पनि त खान्थ्यो ५५५ मार्काको चुरोट। तर पछि छोड्यो।’

प्रधानमन्त्री ओलीको पेट ठूलो भएका कारण रोगको जड त्यहाँबाट शुरु भएको पिता मोहनप्रसादको बुझाइ छ। उनले भने, ‘त्यत्रो भूँडी छ। घटाउनु पर्छ भनेर भनेकै हो।’

उनी वैद्य पनि हुन्। उनले भने, ‘हाम्रा वरिपरि छन् औषधि। तीनवटा तुलसाको पात महमा चोबेर बिहान–बिहान केही दिन खाए त्यो भूँडीको बोसो घटिहाल्छ। मैले भनेको कस्ले पत्याउने र।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?