माओवादीकी घर्ती बनिन् प्रदेश ६ कि निर्विरोध उपसभामुख

माओवादीकी घर्ती बनिन् प्रदेश ६ कि निर्विरोध उपसभामुख
+
-

सुर्खेत– प्रदेश नम्बर ६ को प्रदेश उपसभामुख पदका लागि माओवादी केन्द्रका सांसद पुष्पा घर्तीले उम्मेदवारी दर्ता गराएकी छन्।

प्रदेशसभा सदस्य धर्मराज रेग्मीको प्रस्वात र एमाले सांसद मीनासिंह रखालको समर्थनमा उनले उपसभामुख पदमा दाबी गरेकी हुन्।

प्रदेश संसद सचिवालयका प्रमुख सचिव कृष्णहरी खड्काका अनुसार उपसभामुख पदका लागि घर्तीको एकल उम्मेदवारी परेको छ।

‘प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि–२०७४’ अनुसार प्रदेश उपसभामुखका लागि संसद सचिवालयले शनिबार उपसभामुखको निर्वाचन तय गरेको छ।

एमालेबाट सभामुख पुरुष भएपछि माओवादी केन्द्रले महिला उपसभामुखको उम्मेदवार बनाएको हो।

उपसभामुख पदका लागि एकल उम्मेदवारी परेकाले घर्ती उपसभामुख हुने पक्का भएको छ।

शनिबार बस्ने प्रदेशसभा संसदहरुको बैठकले उपसभामुखका निर्वाचित गर्नेछ।

प्रदेशसभामा दुइतिहाइ बहुमत रहेको वाम गठबन्धनको पुर्ण समर्थन रहेकाले घर्ती उपसभामुख निर्वाचित हुने पक्का भएको हो। घर्तीलाई आफन्त, शुभचिन्तक, पार्टी कार्यकर्ताहरुले बधाई दिन थालेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?