बुटवलका युवाले आविष्कार गरे इन्धन जोगाउने उपकरण

बुटवलका युवाले आविष्कार गरे इन्धन जोगाउने उपकरण
+
-

बुटवल– बुटवल मिलन चोक निवासी एक युवाले इन्धन बचत तथा वातावरणमैत्री उपकरणको आविष्कार गरेका छन्।

युवा प्रतिभा तथा ईन्जिनियर शिशिर जिसीले सवारी साधनमा जडान गर्ने विशेष किसिमको यन्त्र आविष्कार गरेका हुन्।

कार्यक्रमको एक समारोहकाबीच प्रदेश–५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरी, पूर्व संघीय वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह, उपप्रमुख गुमादेवी आचार्य, वन विज्ञ कृष्ण पोखरेलले यन्त्रको संयुक्त रुपमा उद्घाटन गरेका छन्।

प्रदेश–५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरीले युवापुस्ताको आविष्कार आम नागरिकको लागि उपयोगी भएको बताए। उनले मन्त्रालयबाट यो विषयमा जानकारी लिएर उनलाई सम्मानसमेत गरिएको बताए।

पूर्व संघीय वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले युवा आविष्कारलाई साथ दिन स्थानीय सरकारमा सबैभन्दा बढी जिम्मेवारी आएको बताए। उनले परनिर्भरता मात्र कुरा गर्ने तर अनुसन्धानको कुरामा पछि परेको उनले बताए।

कार्यक्रममा प्रदेश सभासद दिनेश पन्थी, नेपाल च्याम्बर अफ कमर्शका केन्द्रिय सदस्य टंक पोखरेल, जिसीका बुबा वैकुण्ठ जिसी र आमा कमला जीसी लगायतले नयाँ–नयाँ आविष्कारमा नेपाली पछि नरहेको भन्दै यसका लागि सरकारबाट प्रोत्साहन गर्न जरुरी रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?