‘खनाल तथा ओलीलाई प्रधानमन्त्री बनाउने मै हुँ, मेरो नेतृत्वलाई विश्वास गर्नुहोस्’

‘खनाल तथा ओलीलाई प्रधानमन्त्री बनाउने मै हुँ, मेरो नेतृत्वलाई विश्वास गर्नुहोस्’
+
-

झापा – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आफू दिवंगत नेता मदन भण्डारीको सहकर्मी राजनीतिज्ञ भएको र विगतको नेकपा एमालेका शीर्ष नेतृत्वलाई आफैले प्रस्ताव गरेर प्रधानमन्त्री बनाएको स्मरण गर्दै आफूलाई विश्वास गर्न नेकपाका कार्यकर्तालाई आग्रह गरेका छन्।

२०६४ सालको संविधान सभा निर्वाचनमा झापा क्षेत्र नं २ बाट निर्वाचित संविधान सदस्य दिवंगत गौरीशंकर खड्काको स्मृतिमा स्थापित प्रतिष्ठानको आठौँ साधारण सभालाई विर्तामोडमा सम्बोधन गर्दै उनले घुमाउरो भाषामा अब आफ्नो हातमा पार्टीको नेतृत्व आउन लागेको संकेत गरे।

प्रचण्डले भने, ‘कमरेड मदन भण्डारी एउटा कम्युनिस्ट पार्टीको महासचिव हुनुहुन्थ्यो म अर्को पार्टीको। उमेरले उहाँ जति नभए पनि दर्जा उस्तै थियो। त्यहाँदेखि अहिलेसम्म मेरा क्रियाकलाप र गतिविधि नियाल्न म यहाँहरुलाई आग्रह गर्दछु।’

दुईवटा निर्वाचन क्षेत्रबाट हारेका तत्कालिन नेकपा एमालेका महासचिव माधवकुमार नेपाललाई आफ्नै पहलमा संविधान सभा सदस्य बनाएको उल्लेख गरे। नेता झलनाथ खनाल तथा केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने पनि आफू नै भएको प्रचण्डले दाबी गरे।

उनले भने, ‘कमरेड झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने प्रस्तावक पनि मै हुँ। संविधान निर्माण भइसकेपछि केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनका लागि प्रस्ताव गर्ने पनि म नै हो। मैले जतिको काम गर्ने नेता कम नै पाउनुहुन्छ।’

उनले सरकारले अहिलेसम्म गरेको काम सन्तोषजनक रहेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे। सरकारले अहिलेसम्म गरेको काममा कानुन निर्माण मुख्य भएको प्रचण्डले बताए।

उनले भने, ‘संविधानमा उल्लेख गरिएका अधिकारका लागि कानुन नबनेका थिए भने संविधान कार्यान्वयनकै विषय पेचिलो बन्ने थियो। तर सरकारले गरेका कामको सन्देश जनतासम्म पुर्याउन हामी चुक्यौं।’

शुक्रबार इलाममा बोल्दै पार्टीमा गुट अन्त्य गर्नुपर्ने बताएका प्रचण्डले शनिबार झापामा पनि दोहोर्याए।

उनले भने, ‘गुटले पार्टी सिद्याउँछ। गुटले हामीलाई भित्र भित्रै कमजोर बनाउँदै लगिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?