विस्फोटमा संलग्न विप्लव कार्यकर्तालाई पक्रन करिब १० दिनको अपरेशन

विस्फोटमा संलग्न विप्लव कार्यकर्तालाई पक्रन करिब १० दिनको अपरेशन
+
-

झापा – सोमबार बिहान पक्राउ परेका प्रतिबन्धित विप्लव समूहका तीन जना नेतालाई पक्राउ गर्न करिब १० दिन लागेको जिल्लास्थित नेपाल प्रहरीका अधिकारीहरुले बताएका छन्।

विर्तामोडस्थित नेपाल विद्युत प्राधिकरण कार्यालय पछाडिपट्टि रहेको गोप्य कार्यालयबाट झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रवीण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारु मगरलाई प्रहरीले पक्राउ गरेको थियो।

एक नम्बर प्रदेश प्रहरी कार्यालयबाट सादा पोषाकमा खटिएका प्रहरी, जिल्ला प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनीहरुलाई मंगलबार अपरान्ह पत्रकार सम्मलेन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।

विप्लव समूहको झापा जिल्ला कार्यालयमा छापा मारेर गोप्य दस्तावेजसमेत फेला पारेको प्रहरीले दाबी गरेको छ।

केही दिन अघि चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नव निर्मित केन्द्रीय कार्यालय र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा बम विस्फोटका योजनाकार पोखरेल र मिश्र भएको प्रहरी दाबी छ ।

विप्लव समूहको कार्यालयमा छापा मारेर केही हतियार तथा गोलीसमेत बरामद भएको बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?