आउँदैछन् डा. खम्बु पाठकमाझ ‘छायाँको लस्कर’ लिएर

आउँदैछन् डा. खम्बु पाठकमाझ ‘छायाँको लस्कर’ लिएर
+
-

झापा – ‘म विज्ञानको विद्यार्थी हुँ। त्यसैले मेरा रचनाहरु मेरा भोगाइका यथार्थ चित्रण हुने गर्दछन्’ मेची बहुमुखी क्याम्पस भद्रपुरमा कार्यरत प्राध्यापक डा. केआर खम्बुसँगको भेटमा उनले भने।

डा।.खम्बुको जीवन भोगाइ सामान्य छैन। जुन भोगाइ पछिल्ला पुस्ताका लागि प्रेरणा बन्नेमा दुईमत छैन। उनको भोगाइ समेटेर उनको नयाँ कृति बजारमा आउँदैछ ‘छायाँको लस्कर’ । उक्त कृतिको प्रकाशन नेपालयले गरिदिएको छ।

उनी हाल त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरका प्राध्यापक हुन्। विद्यावारिधी गर्ने क्रममा उनको आँखाको ज्योति क्रमशः गुम्दै गएका कारण अहिले उनी देख्न सक्दैनन्।

डा. के आर खम्बुले मेची बहुमुखी क्याम्पस भद्रपुरमा प्राणी शास्त्र विषयमा प्राध्यापन गरेको २५ वर्ष भयो।

हुन त उनी २०४० सालदेखि नै प्राध्यापन पेशामा संलग्न छन्। धरानको हात्तीसार क्याम्पस, वीरगञ्जको ठाकुरराम क्याम्पस हुँदै उनी मेची क्याम्पस आइपुगेका हुन्।

के आर खम्बु सरको कक्षा अन्य प्राध्यापकहरुको भन्दा भिन्न हुने गर्छ। अचेल भन्ने गरिएको ‘मल्टिमिडिया’ प्रणालीमा उनले कक्षा लिने गरेका छन्। तर उनको यो रहर होइन बाध्यता हो। तर ल्यापटप कम्प्युटरमा बनाइएका ‘पावर प्वाइन्ट’ स्लाइडहरु अरु कसैले बनाइदिएका होइनन्। खम्बु सर आफैले बनाएका हुन्।

उनको प्राध्यापन कालमा उनले हजारौँलाई ज्ञान दिए। अहिले पनि त्यो श्रृंखला जारी छ। तर अहिले उनको दृष्टि गुमेको छ। उनी भन्छन्, ‘अब त कुनै दैवी शक्तिले मात्र मेरो आँखाको दृष्टि फर्केला। नत्र यस्तै हो।’

खम्बु सरले ‘रेप्टाइल्स’ र ‘एम्फिबिया’मा २०६२ सालमा विद्यावारिधी गरे। त्यही बेला उनको आँखामा समस्या देखिन थाल्यो। विद्यावारिधी गर्ने क्रममा एकवर्षको जर्मनी बसाइका क्रममा उच्च रक्तचापको औषधि सेवन गर्न टुटेकाले उनको आँखामा त्यस्को असर परेको उनले सुनाए।

उनले भने, ‘यहाँबाट लगेको औषधि सकियो। त्यहाँ त्यो औषधि पाइएन। पछि नेपाल आएपछि मेची क्याम्पसकै विद्यार्थीलाई कोशी टप्पु लगेर फर्कँदा मेरो आँखाबाट झिल्का उठ्यो। त्यसपछि धमिलो देख्न थालें। मेरो आँखाको प्रेसर बढेर रगत जमेर आँखाको दृष्टि गुमेको रहेछ।’

उनको आँखाको उपचार विर्तामोड, काठमाडौँ तथा भारतको चेन्नइमा गराइयो। तर दृष्टि फर्केन। उनी भन्छन्, ‘दाहिने आँखाको कुनाबाट झल्याक झुलुक चाहीँ हुन्छ। अहिले ७ देखि १० प्रतिशत चाहीँ दृष्टि छ। त्यसैले छामछुम गर्दै हिँड्छु।’

खम्बु सर २०६७ सालमा प्राध्यापक भएका हुन्। अब उनको प्राध्यापन पेशा करिब ७ महिना बाँकी छ। तर पनि उस्तै जाँगर छ। उस्तै जोश छ। उनी भन्छन्, ‘मेरो साथी नै ल्यापटप र इन्टरनेट भएको छ।’

पुरानो जमानामा प्राध्यापन पेशा शुरु गरे पनि अहिले उनलाई शारीरिक असक्तताले आधुनिक बनाइदियो। ल्यापटपमा दृष्टिविहीनहरुले सजिलैसँग कम्प्युटर चलाउनसक्ने ‘सफ्टवेयर’ हालेका छन्। ल्यापटप चलाएर उनले आफै बनाएको पावर प्वाइन्ट स्लाइड देखाउँदै भने, ‘बोर्डमा लेख्न सक्दिँन। मैले गर्ने यही हो।’

दृष्टिसहितको संसारबाट अहिले दृष्टि नभएको संसारमा पुग्दा निकै असहज भएको उनले अनुभव सुनाए। तर आफूले पनि नसम्हाले अवस्था अरु विग्रिने भएकाले वातावरण सहज बनाउँदै लगेको उनको भनाइ छ।

उनले भने, ‘पहिला निकै गाह्रो भयो। अब के गर्ने होला, कक्षा कसरी लिने होला भन्ने थियो। तर मलाई प्रविधिले पुनः जागृत बनाइदियो। विद्यार्थी पढाउन सकिरहेको छु।

केही जीवनी व्यक्तिगत विवरण मात्रै नभइ ऐतिहासिक दस्तावेज पनि हुन्छन्। प्राध्यापक केआर खम्बु जीवशास्त्रअन्तर्गत उभयचर र सरीसृप प्राणीमा विद्यावारिधि गर्ने पहिलो नेपाली मात्र होइनन्, झापा आन्दोलनबाट सुरु भएको कम्युनिष्ट क्रान्तिका स्तम्भ कार्यकर्ता पनि हुन्।

उनको यात्रा राजनीतिक अभियन्ता मोहनचन्द्र अधिकारी, सिपी मैनाली, केपी ओली, मदन भण्डारी, माधव नेपालहरूकै किनारबाट अघि बढेको हो।

प्राध्यापक खम्बुको सारा जीवन क्रान्ति र प्रज्ञाको दोसाँधमा बित्यो। एक समयपछि उनी सक्रिय राजनीतिबाट पन्छिए र पूर्णतः प्राज्ञिक क्षेत्रमा समर्पित भए।

प्राध्यापक खम्बुको कथाले सामान्य व्यक्तिको असामान्य साहस र सङ्घर्ष बोल्छ। यसले एउटा राजनीतिक कालखण्डकै सङ्घर्षको प्रतिनिधित्व पनि गर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?