फरार सिलवाल बालुवाटारभित्र, प्रहरी टोली बालुवाटारबाहिर

फरार सिलवाल बालुवाटारभित्र, प्रहरी टोली बालुवाटारबाहिर
+
-

काठमाडौँ- सरकारी छाप तथा दस्तखत कीर्ते मुद्धामा फरार रहेका पुर्व डीअाईजी नवराज सिलवाल करिब अढाई महिनापछि सार्वजनिक भएका छन्। स्राेतका अनुसार उनी अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरिरहेका छन्।

सर्बाेच्च अदालतकाे अादेशपछि गत पुस ५ गते काठमाडौं जिल्ला प्रहरी परिसरमा सरकारी छाप तथा दस्तखत कीर्ते मुद्धामा प्रहरीले अनुसन्धान अगाडि बढेको थियो। प्रहरीले अनुसन्धानका लागि सिलवालकाे खोजी गरेपनि उनी भुमिगत भएका थिए।

आईजिपी नियुक्ती  विवादमा तत्कालिन डीआईजी सिलवालले कार्य सम्पादन मुल्या‌ंकन फाइल कीर्ते गरेको आरोप छ। प्रहरीले सिलवाल नभेटेपछि सरकारी वकिललाई मुद्धा बुझाएको थियो। तर सरकारी वकिलले मुद्धा दर्ता गरेका छैनन्। उनी बालुवाटार पुगेको थाहा पाएर प्रहरी टोली पनि बालुवाटारबाहिर पुगे पनि पक्राउ आदेश नभएको भन्दै पर्खिरहेका छन्।

सिलवालले अाईजिपी नियुक्ती विवादमा मुद्धा हारेपछि पदबाट राजिनामा दिएर एमाले प्रवेश गरेका थिए। गत प्रतिनिधी सभा निर्वाचनमा उनी ललितपुर क्षेत्र नम्बर एकबाट निर्वाचित भएका थिए। तर सर्बाेच्च अदालतले सिलवालले अदालतमा पेश गरेको कासमु कीर्ते भएको ठहर गर्दै कीर्तेमा स‌ंलग्नलाई कारबाह गर्न निर्देशन दिएपछि अाईजिपी विवादमा नयाँ मोड देखिएको थियो।

सिलवालले भने अाफुलाई नेपाली कांग्रेस नेतृत्वको सरकारले फसाउन खोजेको दाबी गर्दै स्वतन्त्र छानबिनको माग गर्दै अाएका छन्। केही दिन अघि देउबाले सरकारछाडेसँग  सिलवालले सामाजिक सन्जालमा उनीविरुद्ध अापत्तीजनक अभिब्यक्ती दिएका थिए। आईजिपी विवादमा एमालेको पुर्ण साथ पाएका सिलवाल पार्टि अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री ओली निकट मानिन्छन्। राजनीतिमा सिलवाल प्रवेश गरेसँगै‌ं ओलीले चुनावी सभामा सिलवाललाई मन्त्री बनाई  दिने अभिब्यक्ती  दिएका थिए। सोमबार  बिहान मात्र सिलवाल निकट मानिने पत्रकार मदन बाबु भन्डारीले उनीसँग खिचिएकाे ताजा तस्विर भन्दै सार्वजनिक गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?