सप्तरङ्ग संगीत यात्रा कात्तिक २० गते विर्तामोडबाट सुरु हुने

सप्तरङ्ग संगीत यात्रा कात्तिक २० गते विर्तामोडबाट सुरु हुने
+
-

झापा – सप्तरङ्ग संगीत यात्रा यही कात्तिक २० झापाको विर्तामोडबाट सुरु हुने भएको छ।

ग्रीस्म ब्रोडकास्टिङले आयोजना गरेको उक्त संगीत यात्रामा कलाकारहरु राजेश हमाल, सुगम पोखरेल, मेलिना राई, हिमाल सागर, प्रकाश सपुत, जितु नेपाल र रवि ओड रहने ग्रीस्म ब्रोडकास्टिङका प्रवन्ध निर्देशक ग्रिहेन्द्र घिमिरेले जानकारी दिए।

बुधबार विर्तामोडमा पत्रकार सम्मलेन गर्दै घिमिरेले उक्त संगीत यात्राको आयोजना पर्यटन प्रवर्द्धन र समुन्नतिका लागि गरिएको बताए।

उनले भने, ‘कलाकारिताको माध्यमबाट सबै प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि यो संगीत यात्रा आयोजना गरिएको हो।’

संगीत यात्राका कार्यक्रम सबै प्रदेशका एक-एक स्थानमा हुने उनले बताए। प्रदेश नं १ को विर्तामोड, प्रदेश नं २ को वीरगन्ज, प्रदेश नं ३ को चितवन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को नेपालगञ्ज, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को महेन्द्रनगरमा हुने उनले जानकारी दिए।

उनले भने, ‘देश संघीय संरचनामा गएपछि स्थापित प्रदेशहरुलाई दह्रो बनाउने यो कार्यक्रमको मुख्य उद्धेश्य हो।’

संगीत यात्राको समापन मंसीर ४ हुने घिमिरेले बताए। सबै कार्यक्रमहरु सम्बन्धित प्रदेशका मुख्यमन्त्रीहरुले उद्घाटन गर्ने उनले जानकारी दिए। प्रदेश नं १ को विर्तामोडमा हुने कार्यक्रमको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने उनले बताए।

उक्त कार्यक्रम हेर्न दर्शकका लागि कुनै शूल्क नलाग्ने उनको भनाइ थियो। घिमिरेले भने, ‘हामीसंग आवद्ध भएका कम्पनीहरुले गरेको प्रायोजन तथा सहयोगबाट नै कलाकारहरुलाई पारीश्रमिक उपलब्ध गराउने व्यवस्था मिलाएका छौं।’

तर संगीत यात्राका कार्यक्रमहरुमा धुमपान र मध्यपानका विज्ञापन नराखिने उनले बताए।

प्रदेश नं १ को विर्तामोडमा कात्तिक २० हुने कार्यक्रम विर्तामोड मुक्तिचोक पूर्व सुगम पेट्रोल पम्प नजिकको मैदानमा दिउँसो ३ बजेबाट सुरु हुने स्थानीय आयोजक विकास घिमिरेले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?