चिनियाँ राष्ट्रपति सीको भ्रमणको पूर्व सन्ध्यामा पार्क निर्माणको सम्झौतामा हस्ताक्षर

चिनियाँ राष्ट्रपति सीको भ्रमणको पूर्व सन्ध्यामा पार्क निर्माणको सम्झौतामा हस्ताक्षर
+
-

झापा – उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जीपिङको नेपाल भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नं ५ मा बन्ने भनिएको गरिएको ‘चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ निर्माणका लागि बिहीबार काठमाडौँमा दुई पक्षबीच सम्झौता भएको छ।

निर्माण कम्पनी दमक क्लिन इन्डस्ट्रियल पार्क प्रा। लि। का तर्फबाट गोविन्द थापा र लगानी बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

केही समय अघि लगानी बोर्डले चिनियाँ लगानी स्वीकृत गरेसंगै उक्त पार्क बन्ने चर्चा चलेको लामो समयपछि पुनः पार्क निर्माणको चर्चा चुलिएका माझ केही दिन पछि प्रधानमन्त्री ओलीले उक्त निर्माणका लागि शिलान्यास गर्न लागेको बताइएको छ।

झापाको दमक नगरपालिका, गौरादह नगरपालिका तथा कमल गाउँपालिकाका एकीकृत जमिनमा बनाउन प्रस्ताव गरिएको ‘चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ पहिलो चरणको लगानी ६४ अर्ब रुपैयाँ लगानी बोर्डले स्वीकृत गरेको हो।

तीन वर्ष अघिदेखि उक्त पार्क निर्माण हुने हल्ला चल्दै आएको थियो। करिब दुई वर्ष अघि चीनबाट आएको एउटा टोलीले पार्क बनाउने स्थानको अवलोकन गरेर फर्केको थियो।

पार्क बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ बनाउने जिम्मा लगानी बोर्डको बैठकले एउटा चिनियाँ कम्पनीलाई दिने निर्णय गरिसकेको छ।

चीनको दमक क्लिन इन्डस्ट्रियल पार्क प्रा. लि.लाई डिपिआर निर्माण गर्न दिने निर्णय गरेको हो।

दमक नगरपालिकाको दक्षिणी वार्ड नं १०, छिमेकी कमल गाउँपालिका वार्ड नं ७ तथा गौरादह नगरपालिका वार्ड नं ५ को केही भागमा औद्योगिक पार्क बनाउनका लागि प्रस्ताव गरिएको छ।

अहिलेसम्म पार्क निर्माणका लागि करिब साँढे ९ सय विघा जमिन अधिग्रहण भइसकेको दमक नगरपालिका कार्यालयले जानकारी दिएको छ।

पार्क निर्माण गर्नका लागि जम्मा करिब २१ सय बिघा चाहिनेमा अन्य जमिनको व्यवस्था गर्ने काम भइरहेको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए।

औद्योगिक पार्कका लागि पहिलो चरणमा ७ सय बिघा जमिनमा ६४ अर्ब रुपैयाँ चिनियाँ कम्पनीलाई लगानी गर्नका लागि बोर्डले स्वीकृती दिएको छ।

पार्क निर्माणका लागि चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभेलप्मेन्ट जोन जिङपिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलप्मेन्ट कम्पनी लिमिटेडलाई लगानी गर्न स्वीकृती दिएको हो।

पहिलो चरणको काम सकेपश्चात थप जग्गामा अरु कामका लागि तीन खर्ब रुपैयाँ लगानी रहने अनुमान गरिएको छ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उक्त पार्क निर्माणको अवधि तथा निर्माण भइसकेर सञ्चालनका बेला हजारौं बेरोजगारले रोजगारी पाउने आशा व्यक्त गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?