दुर्घटनामा विद्यार्थीको मृत्यु : दोषीलाई कारवाहीको माग गर्दै विद्यार्थी आन्दोलित

दुर्घटनामा विद्यार्थीको मृत्यु : दोषीलाई कारवाहीको माग गर्दै विद्यार्थी आन्दोलित
+
-

कास्की – दुर्घटनामा ज्यान गुमाएकी बन्दना पौडेलका लागि न्यायको माग गर्दै पोखरामा विद्यार्थी आन्दोलित भएका छन् । घटनामा संलग्नलाई कारवाहीको माग गर्दै बुधबार पोखरामा प्रदर्शन गरेका छन् ।

विद्यार्थी संघहरुले पौडेलको घटनामा सवारी चालकको दोष रहेको भन्दै तत्काल कारवाही नभए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

घटनाको विरोधमा उनी अध्ययनरत जनप्रिय क्याम्पस अगाडि बुधबार बिहान विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन् । दिउँसो १२ बजे पृथ्वीनारायण क्याम्पस अगाडि चक्काजाम तथा बेलुका ५ बजे जनप्रिय क्याम्पसबाट विरोध जुलुस निकाल्ने नेविसंघका केन्द्रीय सदस्य भानु ढकालले बताएका छन् । पौडेल नजप्रिय क्याम्पसमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

पोखराको चाउथेमा ट्रिपरको ठक्करबाट स्याङजा आँधीखोला गाउँपालिका ५ जुग्लेकी २१ वर्षकी बन्दना पौडेलको मृत्यु भएको थियो ।

सोमबार बेलुका ना ६ ख ९००६ नम्बरको ट्रिपरले ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएको पौडेलको टाउको र खुट्टामा चोट लागेको थियो । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

उनी गण्डकी मेडिकल कलेजको ल्यावमा काम गर्थिन् । काम सकेर घर फर्किने क्रममा दुर्घटना भएको हो । घटनाबारे अनुसन्धान भैरहेको ट्राफिक प्रहरी प्रमुख एनकुमार मल्लले जानकारी दिए । ट्रिपर चालक दलबहादुर प्रहरीले पक्राउ गरेको छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?