सुरुमै फिल्मको क्लाइमेक्स खोजे

प्रहरी हिरासतमा ‘भिलेन’ राजेन्द्र खड्गीका १४ दिन

प्रहरी हिरासतमा ‘भिलेन’ राजेन्द्र खड्गीका १४ दिन
+
-

काठमाडौं– उही जुत्ता, उही जिन्सको पाइन्ट, उही ज्याकेट र उही टीसर्ट। प्रहरी हिरासतमा पुगेको १४ दिन बित्दा पनि ‘रिल लाइफ’का भिलेन राजेन्द्र खड्गीले आफूले लगाएको कुनै पनि कुरा परिवर्तन गरेका छैनन्।

अन्य अभियुक्तजस्तै उनी पनि निराश र निरस देखिन्छन्। प्रहरीले समातेपछि फिल्मी शैलीमा प्रस्तुत भएका खड्गीको ‘हिरासत’ जिन्दगी रिल लाइफको भन्दा कम छैन।

‘पक्राउ परेपछि उनी आफूले गरेको अपराध स्वीकार गर्न तयार थिएनन्। यस्तो कुरा पनि मानव तस्करी हुन्छ र भन्दै थिए ?’ मानव तस्करी मुद्दामा खड्गीमाथि अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)का एक अनुसन्धान अधिकृत भन्छन्, ‘म्याद थप्न लैजानुअघि उनी फिल्मी शैलीमा भन्दै थिए– ल मैले पाएको सजाय भन्दिनुस्, यो फिल्म भयो, यसको क्लाइमेक्स सुनाउनुस्।’

उनले प्रहरीले २४ दिनसम्म राखेर अनुसन्धान गर्न सक्छ भन्ने कुरा नजानेजस्तो गरेको ती अधिकृतले बताए।

म्याद थपेर हिरासतमा परेपछि भने उनले आफ्नो गल्ती बारम्बार दोहोर्‍याएको अनुसन्धानरत प्रहरी बताउँछन्। प्रहरीले खड्गीमाथि दक्षिण कोरियामा सुटिङका लागि भन्दै लगिएका ११ जनालाई उतै छाडेको आरोप लगाएको छ। खड्गी दक्षिण कोरियामा रहेका आफ्ना गुरुको डकुमेन्ट्री बनाउन १३ जनाको टोली लिएर दक्षिण कोरियातर्फ लागेका थिए। तर उनीसहित दुई जना मात्र नेपाल फर्किएपछि कोरियाली दूतावासले प्रहरीलाई खबर गरेको थियो।

खड्गीले आफू जमानी बसेर १३ जनालाई विभिन्न भुमिका दिएर नेपालस्थित दक्षिण कोरियाको दुतावासमा भिसाका लागि आवेदन दिएका थिए। खड्गीले दक्षिण कोरिया लगेर छाड्नकै लागि उनिहरुलाई नक्कली भूमिका दिएको र ती ब्यक्तिले खड्गीको बैंक खातामा पैसा जम्मा गरेको दाबी प्रहरीको छ।

फिल्म क्षेत्रमा शसक्त कलाकारको छाप बनाएका खड्गीबारे अनेक ‘जोक्स’हरु छन्। उनीले राँगोलाई मुक्काले हानेर ढालेको निकै चर्चित छ। तर रियल लाइफमा पनि रिल लाइफको जस्तै ‘भिलेन’को आवरणमा देखिने खड्गी यतिबेला हिरासतभित्र निरीह छन्।

उनलाई परिवारका सदस्य र वकिलबाहेक अरु भेट्न पनि नआउने गरेको प्रहरी बताउँछन्। प्रहरीले नखोजे पनि खड्गी आफैले यसअघि एक पटक प्रहरी हिरासतमा बसेको बताएका छन्।

प्रहरी निरीक्षकसँग भएको झगडाका कारण उनी हेटौंडामा केही दिन हिरासतमा बसेका थिए। खड्गीसँग सम्मानजनक ब्यवहार गर्दै अनुसन्धान भइरहेको प्रहरीको दाबी छ। ‘उहाँले अपराध गरेको भन्ने प्रमाण हामीसँग धेरै छ’, स्रोत भन्छ।

एकपछि अर्को दिन हिरासतमा बिताउनु परेपछि खड्गीले हिरासत अनुभवबारे फिल्म नै बनाउने घोषणा गरेको प्रहरी बताउँछन्। ‘हिरासतमा परेको सातौं दिन हुनुपर्छ, खड्गीले यस घटना र हिरासत अनुभवबारे फिल्म नै बनाउने बताए। उनी निकै निराश देखिन्थे । आफू पैसा भएकाे मान्छे भएकाले यस्ताे काम गर्नुपर्ने अावश्यकता नै नभएकाे बताइरहेका थिए’, अनुसन्धानरत प्रहरी भन्छन्।

प्रहरीले दोस्रो पटक म्याद थपेर खड्गीमाथि अनुसन्धान गरिरहेको छ। सीआईबीले कलाकार खेलाडी बनाएर विदेश लगेर छाड्ने काम प्रचलन नै बनेको भन्दै ठुला कलाकार खड्गी पक्राउ पर्नुलाई ठूलो सफलता मानेको छ।

सम्बन्धित समाचार 

कलाकार राजेन्द्र खड्गी पक्राउ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?