सुर्खेत–निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेशको विकास र समृद्धिका लागि नेतृत्वले काम गर्नुपर्ने बताएका छन्।
जिल्ला निर्वाचन कार्यालयको भवन उद्घाटन गर्ने शुक्रबार सुर्खेत पुगेका आयुक्तले प्रदेश ६ लाई गरिव र विपन्न भन्ने भन्दापनि प्रदेशभित्रको स्रोत साधनको प्रर्वद्धनतर्फ ध्यान दिनुपर्ने बताए।
‘भवन छैन्।बस्ने व्यवस्थापन राम्रो छैन् भन्नु एकाङ्की मानसिकता भएका कारण हो।’ उनले भने, ‘संघीयता केन्द्रको मुख ताक्नुपर्ने व्यवस्था होइन्।’ संघीयता कार्यान्वयनमा आएसँगै संविधानले गरेका परिकल्पना र जनताको अपेक्षा अनुसार स्थानीय तथा प्रदेश सरकारलाई काम गर्न उनले आग्रह गरे।
‘आयोगले आठै तहको निर्वाचन गरी आफ्नो भूमिका निर्वाह गरेको छ। उनले भने, अव समृद्धि र विकास गर्ने जिम्मेवारी राजनीतिक दलको हो। लोकतान्त्रि जनविश्वास कसरी कायम गर्ने भन्ने बारेमा नेतृत्वमा पुगेका दलहरुले सोच्नुपर्छ।’
आयोगले वर्तमान विधि र प्रविधिअनुसार आफ्ना गतिविधि अगाडी बढाएको उनले बताए। निर्वाचनलाई छिटो, छरितो र भरपर्दाे बनाउन आयोगले आवश्यक गृहकार्य शुरु गरेको जानकारी दिए।
संघीय संरचना अनुसार सातै प्रदेशस्तरमा निर्वाचन आयोगको प्रदेश कार्यालय स्थापना गरिने भन्दै उनले निर्वाचन वर्षका रुपमा २०७४ साल सुखद भएको बताए। एक करोड २७ लाख ८९ हजार सात सय १२ रुपैयाँ लागतमा सुविधा सम्पन्न भवन निर्माण गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय सुर्खेतसँग २०६९ साल असारमा ठेक्का सम्झौता गरेको नार्गाजुन कन्स्ट्रक्सन सेवा काठमाडौंले गत भदौ २० गते भवन हस्तान्तरण गरेको हो।

भर्खरै
लोकप्रिय






































































































































































































