
विर्तामोड- जङ्गली हात्तीको आक्रमणबाट झापामा दुईजनाको ज्यान गएको छ।
शनिवार मध्यान्ह १२ बजे विर्तामोड नगरपालिका-३ विर्ता बजारका च्याङग्रा राजवंशी र विर्तामोडकै वडा नं ७ मियावारीका लसुने मियाको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
अन्दाजी ६० बर्षका राजवंशीलाई हात्तीले छातीमा कुल्चेर र मियालाई खुट्टा च्यातेर मारेको बताइएको छ।
उनीहरु घर छेउको जंगलमा घाँस दाउरा गर्न गएका बेला हात्तीले आक्रमण गरेको प्रहरीको भनाइ छ।
सम्बन्धित समाचार
हात्तीको आक्रमणबाट दुईको मृत्यु
हात्तीको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई सहयोग