‘पैसाले भोट किनेनौँ’

+
-

भक्तपुर: नेपाल मजदुर किसान पार्टीका संस्थापक अध्यक्ष नारायणमान बिजुक्छे अब पार्टीका अघोषित अभिभावक बन्न पुगेका छन्। अन्तिम समयसम्म गोप्य राखेको आफ्नो निर्णयअनुसार उनले चुनाव लडेनन् तर उनको सर्वमान्य स्वीकार्यता पार्टीमा अझ बलियो बन्न पुगेको छ, थप नैतिक हैसियतका साथ। तर उनकै चाहना अनुसार युवा नेता प्रेम सुवाल प्रतिनिधिसभा सदस्यमा विजयी भए। सुवालसँगै पार्टीका सुरेन्द्रराज गोसाइँले क्षेत्र नम्बर एकको प्रदेशसभा ‘ख’ मा जित हात पारे ।

बिजुक्छेकै योजनाअनुसार युवा पुस्तामा पार्टी नेतृत्वको हस्तान्तरण सम्भवत: अर्कोे कदम हुनेछ। यो युवा पुस्तावमा नेतृत्व हस्तान्तरणको माग खासगरी नेपाली कांग्रेस र अन्य पार्टीमा पनि नउठेको होइन। तर, नेमकिपाभित्र यो माग नै नउठे पनि बिजुक्छे आफैँ त्यागको उदाहरण बन्न पुगे। चुनावकै मुखमा उनको निर्णयले कतै उनलाई नै असफल सिद्ध बनाउने त होइन भन्ने अड्कलबाजी धेरेले गरे। तर नतिजाले त्यो अड्कलबाजीलाई गलत सिद्ध गर्‍यो। त्यसको प्रमाण थियो सुवालको जित।

भक्तपुर क्षेत्र नम्बर १ मा सुवालले ३३ हजार ३६ मतसाथ जित हासिल गरे। आम व्यक्तिको विश्लेषणमा पार्टीको जनाधार यथावत छ यो इलाकामा। सोमबार मतगणनास्थल खरीपाटीस्थित विद्युत प्राधिकरणको कार्यायलमा सुवाललाई निर्वाचन अधिकारीले प्रमाणपत्र प्रदान गर्दा त्यो घटनाले एउटा उत्सवको रुप नै लिएको थियो। निर्वाचित भएको प्रमापणपत्र पाएलगतै सुवालले भने, ‘म जनताको प्रतिनिधि हुँ, जनता कहिल्यै हार्दैन र म जितमा दंग पर्ने छैन।’

२०२७ सालमा नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पलाल श्रेष्ठसँग बङ्गलादेश स्थापनामा भारतको हस्तक्षेप र अन्य केही विषयमा मतभेदका कारण बिजुक्छे पार्टीबाट अलगिएका थिए। चार वर्षको तयारीपछि नेपाल मजदुर किसान पार्टीको जन्म भएको थियो। आफ्नो नीति र सिद्धान्तका आधारमा पहिले कर्णाली अञ्चल र त्यसपछि चितवन हुँदै भक्तपुरमा पार्टी गतिविधि सञ्चालन गर्न पुगे। सुवालले आफ्नो पार्टीले पैसाले मतदातालाई कहिल्यै किन्न नचाहेको र क्षणिक भड्किलो राजनीति गरेरे जनताको खुसी छिन्न नचाहेको बताए। समाजवाद लक्ष्य भएको र भारतीय विस्तारवाद विरुद्ध आफ्नो पार्टी लड्दै आएको सुवालको भनाइ छ।

पार्टीले शिक्षा र स्वास्थ्य जस्ता मौलिक हक सुनिश्चित हुनु पर्ने माग समेत गर्दै आएको छ। अहिलेको राजनीतिक परिवेशले जनतालाई खुसी दिन सक्ने उनको निष्कर्ष छ। नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभामा एक मात्र सिट हासिल गरेको छ। तैपनि सुवालको विजय जुलस र त्यसमा सहभागिहरुको आकार तथा उल्लासले नेमकिपाका राष्ट्रिय पार्टी नै हो कि भन्ने झल्को दिन्थ्यो। र, संसदमा लगातार जनताको समस्या उठाउँदै आएको पार्टीसँग जनताको अपेक्षा भने घटेको छैन। सुवालको विजयलुसमा सहभागी भइरहेकी स्थानीय पूर्णकिशोरी धौबन्जाराले भनिन्, ‘यो पार्टी हाम्रो साझा पार्टी ह। यो पार्टीका नेताले हाम्रो भलोमा काम गरे र अब पनि गर्छन भन्ने विश्वास छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?