घरबहाल सर्वेक्षणले पक्राउ पर्दै अपराधी, यौन व्यवसायी तितरवितर

घरबहाल सर्वेक्षणले पक्राउ पर्दै अपराधी, यौन व्यवसायी तितरवितर
+
-

झापा – नेपाल प्रहरीले झापाको विर्तामोड नगरपालिका क्षेत्र भित्रका स्थानीय बासिन्दालाई वितरण गरेको घरबहाल विवरण फर्ममा उल्लेख गरिएका विवरणका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीले भटाभट गैरकानूनी काममा संलग्नहरुलाई पक्राउ गर्न थालेको छ।

पछिल्लो समयमा नगर क्षेत्रमा अपराधका घटनामा बृद्धि भएपछि इलाका प्रहरी कार्यालय अनारमनीले नगरमा बसोबास गर्ने स्थानीय बासिन्दालाईका घरमा बस्ने मानिसहरुको विवरण माग गरेपछि अपराधीहरु पक्राउ पर्न थालेको प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए।

उनले भने, ‘हामीले उक्त विवरणका आधारमा शंका लागेका स्थानमा गएर हेर्छौं। शंकास्पद मानिसहरुको बसोबास छ भने छापा मारेर पक्राउ गर्न थालेका छौँ।

केही दिन अघिमात्र दुईवटा यौन अखडामा प्रहरीले छापा मारेको थियो। फ्ल्याट नै भाडामा लिएर अवैध यौन व्यवसाय सञ्चालन गरिएका स्थानमा इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले छापा मारेको हो।

नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता छैन। यौन इच्छा पूरा गर्न जोडीहरु लुकीछिपी होटलमा जाने घटना त भइरहेकै थिए। तर फ्ल्याट नै लिएर व्यवसाय नै सञ्चालन भइरहेको पाइएकाले अवैध यौन व्यवसाय फस्टाउँदै गएको पाइएको हो।

गत शनिबार विर्तामोडको माता मन्दिर नजिक सञ्चालन भइरहेको यौन अखडामा छापा मार्दा ८ जना युवती फेला परेका थिए। पछि उनीहरुलाई माइती नेपालको जिम्मा लगाइएको इप्रका अनारमनीले जनाएको छ।

तर यौनअड्डा सञ्चालन गर्ने सोही स्थानकी शोभादेवी खत्री भने फरार छन्।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक थापाले भने, ‘भागेर जाने स्थान कहाँ छ र। चाँडै पक्राउ गर्छौं।

भारतीयसहित पोखराधनुषाउदयपुर र पूर्वी जिल्लाका युवतीलाई राखेर यौन शोषण गर्ने खत्री विरुद्ध मानव बेचविखनको मुद्दा दर्ता गरिएको छ।

त्यस्को लगत्तै भोलिपल्ट विर्तामोडकै पाथिभरा सिने प्लाजा नजिकको एउटा यौन अड्डामा छापा मार्दा दुई जना समातिएका थिए।

जिल्लाको विभिन्न स्थानबाट पुग्ने पुरुषलाई अखडा सञ्चालकले युवतीको तस्वीर देखाएर मोलमोलाई गर्ने गरेको प्रहरीको भनाई छ।

अखडामा छानेर युवतीलाई दमकदेखि काँकरभिट्टासम्म लैजाने गरेको प्रहरीको भनाई छ। त्यसबापत अखडा सञ्चालक खत्रीले एक रातको ७ र एक पटक बसेको ३ हजारसम्म लिने गरेको युवतीले प्रहरीलाई जानकारी दिएका छन्।

सञ्चालक खत्रीले ३ देखि ७ हजारसम्म लिए पनि युवतीलाई ५ सय देखि १ हजारसम्म मात्र दिने गरेको खुलेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?