दिउँसै गाउँ पस्छ जंगली हात्ती, हात्तीकै आक्रमणले चौकीदारकाे मृत्यु

दिउँसै गाउँ पस्छ जंगली हात्ती, हात्तीकै आक्रमणले चौकीदारकाे मृत्यु
+
-

झापा – दिउँसै जंगली हात्ती गाउँ पस्न थालेपछि झापाका अधिकांश क्षेत्र त्रसित बनेका छन्। बिहीबार मात्र एउटा सामुदायिक बनका चौकीदारलाई जंगली हात्तीले आक्रमण गरि मारेको छ।

जङ्गली हात्तीको आक्रमणबाट झापाको पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको मृत्यु भएको हो।

कचनकबल गाउँपालिका-७ स्थित सामुदायिक वनका चौकीदार क्षेत्रीको हात्तीको आक्रमणबाट ज्यान गएको डिभिजन बन कार्यालय झापाका प्रमुख बिष्णुलाल घिमिरेले जानकारी दिए।

उक्त बन क्षेत्रमा गरिएको विद्युतीय घेराबेराको ढोका बन्द गर्न गएका वेला क्षेत्रीलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो।

विद्युतीय घेराबेराको ढोका लगाउन गएका ६२ वर्षीय क्षेत्रीलाई बिहीबार बेलुका ७ बजे हात्तीले आक्रमण गरेको थियो।

मृतक क्षेत्रीलाई हात्तीले सुँढले बेरेर जङ्गल छेउबाट गाउँमा पुर्याएपछि स्थानीय बासिन्दाले घटना थाहा पाएका थिए।

क्षेत्रीलाई मारेपछि उक्त हात्तीले मृतकलाई नै रुंगेर बसेको थियो। पछि बन रक्षक, सशस्त्र प्रहरीले उक्त हात्तीलाई त्यहाँबाट खेदाएका थिए।

केही समय अघि झापाको प्रगति सामुदायिक वनमा लुकेर बसेको जङ्गली हात्तीले मेचीनगर–१२ का १९ वर्षीय सुशील गजमेरलाई सडकमा हिँडिरहेका बेला आक्रमण गरी सख्त घाइते बनाएको थियो।

हात्तीलाई राखेको धरापमा मान्छे पर्दै

केही समयअघि जंगली हात्तीलाई थापेको विद्युतीय धरापमा परेर झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नं ४ स्थित नवज्योति सामुदायिक बन उपभोक्ता समितिको कार्यालय नजिकमा रहेको गाउँमा एक युवक तथा सोही गाउँको एउटा घरमा पाहुना आएका अर्का युवकको ज्यान गएपछि उक्त गाउँ शोकमा डुबेको थियो।

विद्युतीय धरापमा परेर १८ वर्षीय अविनाश राई र स्थानीयबासी पेरिस राईको घरमा पाहुना आएका भोजपुर साल्पाचुली गाउँपालिका ४ का ३८ वर्षीय मणिराम राईको गत शुक्रबार राति ज्यान गएको थियो।

स्थानीय बासिन्दाका अनुसार सामुदायिक बन समितिको कार्यालय नजिकमा रहेको सानो पोखरीमा राति माछा मार्न जाने क्रममा नांगो तारमा छोडेको करेन्ट लागेर उनीहरुको ज्यान गएको हो।

गत साता मात्र मेचीनगर नगरपालिका– ९ निवासी ५७ वर्षीय बुद्धिमाया तामाङको आइतबार हात्ती धपाउन प्रयोग गरिएको विद्युतीय तारमा परी करेन्ट लागेर मृत्यु भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?